२८ आश्विन २०८३, बुधबार

बेलायतमा नेपाली मिडियासम्बन्धी सर्वेक्षण (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UK-Nepali-Media

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बिभिन्न शहरमा बसोबास गर्ने नेपाली समुदायमा नेपाली सञ्चारमा पाठकहरुको अनुभव, रुची र आवश्यकताको सर्भेक्षण सुरु गरेको छ । बेलायतका नेपाली मिडियालाई अझ परिमार्जन गर्न सहयोग पुर्‍याउने उद्देश्यले मिडिया सर्वेक्षण गर्न लागेको शाखाले जनाएको छ ।

सो सर्वेक्षण गत शनिवार लण्डन दूतावासमा गणतन्त्र दिवस मनाउंन आयोजित कार्यक्रमको अवसर पारेर बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले सुरुवात गरे । नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले नेपाली पत्रकारहरुको मूल्यांकन नेपाली समूदायबाटै हुनुपर्ने बताए । उनले ‘सर्भेमा भाग लिन बेलायतस्थित नेपालीहरुलाई आग्रह गरे’ । ‘बेलायतमा रहेका नेपाली पत्रकारले संधै नेपाली समुदायको हितमा कलम चलाउदै आएको स्मरण गर्दै अगामी दिनमा राष्ट्रियहितमा कमल चलाउने’ बताए । ‘सर्भेमा भाग लिएर नेपाली पत्रकारको मुल्यांकन गर्ने जिम्मेवारी बेलायतमा रहेका नेपाली समुदायको कााधमा सुम्पेको अध्यक्ष शर्माले बताए ।

UK-Nepali-Media2

सर्वेक्षणको प्राविधिक साझेदार सेन्टर फर नेपाल स्टडिज (नेपाल अध्ययन केन्द्र) रहेको छ । सो सर्वेक्षणमा प्रयोग हुने ब्यक्तिगत विवरण गोप्य र सुरक्षिर रहने सर्वेक्षणका सल्लाहकार डा कृष्ण अधिकारीले जनाएका छन् । अधिकारीले फारममा सोधिएका प्रश्नलाई निर्धक भएर जवाफ दिनसमेत आग्रह गरे ।

UK-Nepali-Media-final

यसै गरी तमु धी यूकेको आयोजनामा अल्डरशटका सम्पन्न गोर्खाकप फुटवल प्रतियागित हेर्न आएका करिब दुई दर्जन नेपालीले सो सर्वेक्षणमा भाग लिए । सो अवसर पारेर नेपाली टिभीका प्रमुख विजय थापाले सर्वेक्षणको सुरुवात गरेका थिए । सो अवसर नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद्लगायत विभिन्न सञ्चारमाध्यय अबद्ध पत्रकारको उपस्थिति थियो ।

UK-Nepali-Media1

सर्वेक्षण फानब्रो, अल्डरशट, फिटरब्रो, एवरडिन, वेल्स, पल्मस्टेडलगायत नेपाली समुदायको घनाबस्ती क्षेत्रमा गरिने शाखाले जनाएको छ । उक्त सर्वेक्षणमा १८ वर्ष नाघेका नेपाली जनसमुदाय सहभागी हुनेछन् । सर्वेक्षणमा विशेषगरी नेपाली संचारसम्बन्धी बिषयमा केन्द्रीत रहेर प्रश्नावली तयार पारिएको छ । बेलायतबाट संचालित कुन-कुन टिभी, पत्रपत्रिकाहरु रेडियो अनलाइन पोर्टल प्रयोग गर्नुहुन्छ ? बेलायतबाट संचालन भएका मिडियाबाट प्रकाशित वा प्रसारण भएको कुन कुन बिषयबस्तुप्रति कस्तो रुची छ ? बेलायतका कार्यरत नेपाली पत्रकारको गुणस्तर र ब्यवसायिकता कस्तो छ ? आदि प्रश्न गरिएको छ ।

UK-Nepali-Media5