काठमाडौं। पार्टीको नवौं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ ।
बिहान ११ बजेपछि पार्टी कार्यालय बल्खुमा सुरु हुने बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पेश हुनेछ । अध्यक्ष खनालले महाधिवेसनको तयारी बारेको भनाई सहित प्रतिवेदन पेस गरेपछि छलफलका लागि समय दिएर दस्तावेजमाथि छलफल हुनेछ ।
एक दिन केन्द्रीय कमिटीको बैठक स्थगन गरेर दतावेजमाथि छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीले नवौ महाधिवेसनको तयारी, संगठित सदस्यहरुको सदस्यता, प्रतिनीधि चयन लगातका विषयमा पनि छलफल हुने बताउनुभयो ।
एमालेको नवौ महाधिवेसनअघि त्यसले लिने कार्यनीति र सिद्धान्तका विषयमा नेताहरुबीच मतभद देखिएको छ । जनताको बहुदलीय जनवाद सिद्धान्त वा विचार मात्रै भन्नेमा पनि पार्टीभित्र बहस सुरु भएको छ ।
















प्रतिक्रिया