काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्किदै हुुनुहुन्छ ।
भातीय नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री कोइराला दुईदिनको बसाईपछि आज फर्किन लाग्नु भएको हो ।
काठमाडौं फर्किनुअघि प्रधानमन्त्री कोईरालाले भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, काँग्रेस (आइ) का नेता करण सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका सञ्चार सहयोगी प्रकाश अधिकारीले कोइराला दिउँसो साढे ३ बजेपछि काठमाडौं आइपुग्ने हुनेछ । उहाँले हिजो भारतीय प्रधामन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा नेपालको विकास र संविधान निर्माणमा भारतीय प्रधानमन्त्री मोदीले चासो राख्नुभएको थियो । कोइरालाले हिजो नै सार्क राष्ट्रका प्रमुखहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
















प्रतिक्रिया