२८ आश्विन २०८३, बुधबार

रौतहटमा हैजा, आठ सय बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rautahat Haija Ka Biramiरौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ गैंडाटारमा फैलिएको हैजा र झाडापखालाबाट करिब आठ सयजना बिरामी परेका छन्। गत वैशाख १७ गते गैंडाटारका सुरेश गुरो र गोमादेवीबाट सुरु भएको झाडापखाला अहिले गाउँभर फैलिएको छ।

प्रकोप नियन्त्रणमा नआउँदा ५० जनाभन्दा बढी दोहोरिएर बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ। उपचारमा संलग्न डा। सचिन यादवले खानपान तथा सरसफाइमा ध्यान नदिँदा एकपटक निको भइसकेका व्यक्ति पनि फेरि बिरामी परेको बताए। झाडापखालाकै कारण १३ वर्षीया मैसिङमाया स्याङ्तानको एक साताअघि मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।


प्रकोप नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले स्थानीय सरस्वती प्रावि र जनशक्ति माविमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गैंडाटारका ओमप्रसाद सापकोटा तेस्रोपटक झाडापखाला लागेर सोमबार बिहान शिविरमा उपचार गर्न आए। यस्तै ९५ वर्षीया कालीमाया परियार पनि तेस्रोपटक झाडापखालाले सिकिस्त पारेपछि उपचार गराउन शिविरमा आएकी छन्।

बिरामीले भने गाउँमा सञ्चालित स्वास्थ्य शिविर व्यवस्थित नभएको गुनासो गरेका छन्। बिरामीलाई विद्यालयका डेक्सबेन्चमा सुताएर उपचार गराइँदै आएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार हैजा तथा झाडापखालाबाट बिरामी भएर उपचार गराउन आउनेमा २६ जना एक वर्षसम्मका, ६२ जना चार वर्षसम्मका, एक सय २२ जना १४ वर्षसम्मका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट