२८ आश्विन २०८३, बुधबार

खरेलको सरुवा पत्र निर्वाचन आयोगमा रोकियो, बुधबार निर्णय हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Kharel

काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको सरुवा मंगलबार हुन सकेन ।

प्रहरी प्रधान कार्यालयले खरेललाई काठमाडौंको प्रहरी प्रमुखबाट हटाए पनि निर्वाचन आयोगले रोकेको हो ।

खरेलको सरुवाका विषयमा छलफल गर्न निर्वाचन आयोगले आचारसंहिता समितिको बैठक बोलाएको छ । असार ८ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता लागू गरिसकेकाले खरेलको सरुवालाई स्वीकृति दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सरकारले अत्यवश्यक सरुवा, वढुवामा निर्वाचन आयोगको सहमति लिनुपर्ने प्रावधान छ ।

खरेलको सरुवाका लागि प्रहरी प्रधान कार्यालयको सिफारिसलाई गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको छ । गृहको पत्रका विषयमा छलफल गरी बुधबार निर्णय गरिने आयोग स्रोतले जनाएको छ ।

डीआइजीहरु एआइजीमा बढुवा हुन नेताको दैलोमा पैसाको ब्रिफकेस बोकेर हिँडिरहेको जबाफ दिएपछि खरेललाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा तानेको हो । डीआईजी विज्ञानराज शर्मा संयोजकत्वको तीन सदस्यीय छानविन समितिले खरेलको अभिव्यक्तिका बारेमा छानविन गरिरहेको छ ।