काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन ईच्छुक देखिएका छन ।
प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी मोदीलाई नेपाल आउन निम्तो गरेपछि मोदी नेपाल आउन ईच्छुक देखिएको हुन ।
मंगलबार दिउँसो नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्री वीच भएको भेटवार्तामा मोदीले आफू पनि नेपाल आउन इच्छुक भएको र छिट्टै समय मिलाएर आउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले आगामी नोभेम्बरमा हुने सार्क शिखर सम्मेलनअघि नै नेपाल आउन आगह गर्दै भारतबाट १५ वर्षदेखि उच्चस्तरीय भ्रमण हुन नसकेकाले तत्काल भ्रमण भए त्यसले दुई देश वीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्ने र तयसपछि आर्थिक स्थायीत्व मार्फत विकासको बाटो खोल्ने रहेको भन्दै त्यसका लागि भारतको सहयोगको अपेक्षा व्यक्त गरेका थिए
मोदीले नेपालमा तोकिएकै समयमा लोकतान्त्रिक संविधान आओस भन्ने भारत सरकारको चाहना ब्यक्त गर्दै लोकतान्त्रिक संविधान, स्थायीत्व र विकासको लागि सहयोग गर्न तयार रहेको प्रधानमन्त्रीका निजी सचिवालयले बताएको छ ।













प्रतिक्रिया