राष्ट्रकै हिरोको रुपमा छवि बनाएका एसएसपी रमेश खरेललाई गृह मन्त्रालयले सरुवा गरी कारबाहीको तयारी थालेको छ । सरुवाको लागि प्रहरी प्रधान कार्यालयले पठाएको प्रक्रिया गृहले स्वीकृत गरेपनि निर्वाचन आचारसंहिता लागिसकेकाले निर्वाचन आयोगको स्वीकृती नहुँदा मंगलबार मात्र उनको सरुवा हुन लागेको स्रोत बताउँछ ।
कमजोरी समातेर खरेललाई काठमाडौंबाट सरुवा गर्ने गृहमन्त्री वामदेव गौतम लगायत केही अधिकारीको योजना सफल भएको छ । भ्रष्ट डिआईजीलाई बढुवा नगर्न खरेलले भाषण गरेपछि उनी कारबाहीमा परेका हुन् । खरेलको सरुवा हुने भएपछि नेता र डनहरूले खुशी भएका छन् ।
को–को छन् ब्रिफकेस बोक्ने ?














प्रतिक्रिया