काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएपछि देशभरका यातायात कार्यालय प्रमुखले सरुवा मागेका छन् ।
अख्तियारको बढ्दो प्रभावले तनाव भएको भन्दै अहिलेसम्म ६ प्रमुखले सरुवा माग गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ती प्रमुखहरु अहिले दिनहुँजसो सरुवाका लागि यातायात व्यवस्था विभाग र मन्त्रालय धाइरहेका छन् ।
बाह्य दबाबले सोचेअनुसार सुधारका काम गर्न नसकेको, अख्तियारको तनाव र यातायातप्रति आमनागरिकको नकारात्मक दृष्टिकोणका कारण बद्नामी बढेको भन्दै उनीहरुले कार्यालय छाड्न खोजे का छन् ।
मेची यातायात कार्यालयका प्रमुख राजेश पौडेल, नारायणीका राजेन्द्र घिमिरे, बागमती साना र ठूला यातायातका जीवन दुलाल, बागमती मोटरसाइकल शाखाका वसन्त अधिकारी र लुम्बिनीमा काज पठाइएका लेखनाथ ज्ञवालीले सरुवाका लागि भौतिकसँगै सामान्य प्रशान मन्त्रालयमा पनि निवेदन दिएका छन् ।
केही समयअघि कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै फिर्ता बोलाइएका बागमती लाइसेन्सका प्रमुख जय घिमिरेलाई पुनः सोही कार्यालयमा पठाइए पनि जान अटेर गरिरहेका छन् ।
पहिले\पहिले यातायात कार्यालय जान मन्त्रालय र विभाग धाउनेहरुको चाप अत्यधिक हुने गरे पनि अहिले त्यहाँ जान नपरे हुन्थ्यो भन्ने अधिकृतहरुको चाप बढेको छ । कारोबार दैनिकबाट













प्रतिक्रिया