२८ आश्विन २०८३, बुधबार

कर्मकाण्ड गराउने ब्राम्हण सूचीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasupatinathकाठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनलाई ठगिन नदिन सरकारले कर्मकाण्ड गराउने ब्राह्मणलाई सूचीकरण गर्न लागेको छ । पशुपति विकास कोषले त्यस्ता ब्राह्मणलाई कर्मकाण्डमा लगाउन परिचयपत्रको व्यवस्था पनि गर्ने भएको छ ।

कोषले सूचीकरणका लागि योग्यता र दक्षतासहित निवेदन दिन ब्राह्मणलाई दुई साताको म्याद दिएको छ । छनोट भएका ब्राह्मणले निश्चित रकम तिरेर धार्मिक कर्मकाण्डसम्बन्धी पेसाव्यवसाय सञ्चालन गर्न पाउने छन् । परिचयपत्र बर्सेनि नवीकरण गर्नुपर्नेछ ।

कोषका सदस्यसचिव गोविन्द टन्डनले भक्तजनहरुबाट गुनासो आएपछि ब्राह्मणको मनोमानी रोक्न र पूजा व्यवस्थित गर्न लागिएको बताए । पेट पाल्न पशुपति आएर कर्मकाण्ड गराउने गैरब्राह्मणले पनि ब्राह्मण बनेर पूजा गर्ने, पूजा गरिसकेपछि मोलमोलाई गरेर धेरै दक्षिणा लिनेलगायतका गुनासो कोषमा आएका छन् ।

कर्मकाण्डी ब्राह्मणले पशुपति परिसरको वरुणधारा, रामघाट, आर्यघाटलगायतका क्षेत्रमा आफूखुसी धार्मिक कार्य गराउँदै आएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट