२८ आश्विन २०८३, बुधबार

यो कत्रो कन्डम !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

condom

चिलीको राजधानी सान्टियागो नजिकैको एक उपनगरको बिच भागमा एउटा विशाल कण्डोम बनाइएको छ।

यसको निर्माण यौन शिक्षालाई बढावा दिनका लागि स्थानीय मेयरले सुरु गरेको अभियानअन्तर्गत गरिएको हो । ला फ्लोरिडामा बनाइएको सुगा रंगको यो कण्डोम १२ मिटर (४० फुट) अग्लो छ। सान्टियागो टाइम्सका अनुसार दक्षिणपन्थी मेयर रोडोल्फो कार्टरका अनुसार यसको उद्देश्य यौन संक्रमण र किशोरावस्थामा चाहनाविपरीतको गर्भधारणबाट बचाउनु हो ।

कार्टरले ला सेगुंडा वेभसाइटसँग जिल्लामा १७ प्रतिशत गर्भवती महिला १९ वर्षभन्दा कम उमेरका हुने गरेको बताएका छन् । उनले छिमेकका सम्पन्न क्षेत्रको तुलनामा ला फ्लोरिडामा किशोरावस्थामा गर्भधारणको समस्या दुई गुना बढी छ। यसअघि सुरक्षित यौन सम्बन्धसम्बन्धी अभियानमा कार्टरको दलले सामाजिक रुपमा रुढीवादी इन्डिपेन्डेन्ट डेमोक्रेटिक युनियन (युडीआई) मा मन पराइएको थिएन । तर, ला फ्लोरिडाका मेयरले जोड दिँदै भन्छन् यो अभियानको पारम्पारिक मूल्यसँग कुनै विरोधाभाष छैन । उनी भन्छन्–न त यो कुनै नैतिक मुद्दा हो न त ध्यानाकर्षणको कोशिस नै हो ।