विजय थापा
भर्जिनिया । डिसी महानगर क्षेत्रमा नेवारी संस्कृति, कला, परम्परा, भाषालाई प्रबर्धन तथा सम्बर्धन गर्ने उदेश्यका साथ नेवारी समुदायले स्थापना गरेको नेवा अर्गनाईजेसन अफ अमेरिका (नेवा संगठन अमेरिका,एनओए) को १३ औ बार्षिक समारोह बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
नेपालमा मात्र सुनिने स्वस्थानी कथाबारे अनुसन्धान गरिरहेकी र यस सम्बन्धी पुस्तक समेत लेखिरहेकी अमेरिका सिकागोकी प्राध्यापक जेसिका बिर्केन होल्ज़ले स्वस्थानी व्रत कथा बारेमा आफूले गरेका अध्ययन तथा सोधका बारेमा कार्यक्रममा नेपाली समुदायलाई रोचक जानकारी गराइन । कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि कार्यबाहक राजदुत ऋषिराम घिमिरेले कार्यक्रमको समुद्घाटन गरेका थिए । अध्यक्ष सिजन श्रेष्ठको सभापतित्वमा समारोह भएको थियो ।
चर्चित गायक सन्जीब प्रधान तथा गायिका सरिष्मा अमात्यको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरन्जन मिलेको थियो । सांस्कृतिक साँझमा मदनकृष्ण श्रेष्ठका पुत्र यमन श्रेष्ठ, नवप्रतिभा गायक सुशील श्रेष्ठ, मदनकृष्ण श्रेष्ठकी छोरी तथा अन्य कलाकार तथा बालबालिकाहरुले बिभिन्न प्रकारका कला प्रस्तुति गरेका थिए ।

कार्यक्रममा गायक सन्जीव प्रधानको सीडी बिमोचन पनि गरिएको थियो । कार्यक्रमको शुभारम्भमा धिमे बाजाको साथमा सम्पूर्ण अतिथिहरुलाई स्वागत गरिएको थियो ।
साथै सोही दिन भएको एनओएको १३ औ अधिवेशनबाट रामलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यकारी समिति चयन गरियो ।
समितिका प्रथम उपाध्यक्षमा बबिता श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शुशिल श्रेष्ठ, महासचिव महेन्द्र प्रधान, सचिव पुस्कर प्रजापति, कोषध्यक्ष राजेशलाल श्रेष्ठ रहेका छन् । यसैगरी, सदस्यमा यज्ञमान शाक्य, किरण रन्जित, दिवाकर धौडेल चयन भएको बताइएको छ ।














प्रतिक्रिया