गृहमन्त्री एवं एमाले उपाध्यक्ष बामदेव गौतम र काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलबीचको झगडाको प्रभाव नेपाल प्रहरीभित्र देखिन थालेको छ ।
गौतमसँगको झगडाकै कारण काठमाडौंमै उत्कृष्ट काम गरेका तीन जना डीएसपीलाई खरेलको सिफारिसमा प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । बानेश्वरका डिएसपी रेवती ढकाल, महाराजगन्जका प्रभु ढकाल र स्वयम्भुका डिएसपी दयानिधि ज्ञवाली खरेलको कोपभाजनमा परेका हुन् ।
उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री गौतमले मुखै छाडेर अभिव्यक्ति दिएपछि एमाले पृष्ठभूमिका डीएसपीहरुलाई काठमाडौं प्रहरी प्रमुख खरेलले फरक ढंगले हेर्न थालेका थिए ।














प्रतिक्रिया