काठमाडौं । – न्यायाधीशको अर्ति–उपदेश सुन्न आएका होइनौं, हामीले सोधेका प्रश्नको जवाफ नआउने भए समय खेर फालेर नाटक गर्नुपर्दैन : चित्रबहादुर केसी, जनमोर्चा
– न्यायाधीशलाई गहुत छर्किन मात्रै बोलाएका होइनौं, हाम्रा सबै प्रश्नको उत्तर दिनैपर्छ, उत्तर नआए फेरि पनि सोध्न पाउनुपर्छ स् राजेन्द्र पाण्डे, एमाले
– हत्या, बलात्कार, बेचबिखनसम्बन्धी प्रश्नको जवाफ खोइरु गम्भीर प्रश्न छल्ने काम भयो स् आरजु राणा, कांग्रेस
सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदबाट सिफारिस आठमध्ये पुनरावेदन अदालतका दुई मुख्य न्यायाधीश गोविन्द उपाध्याय र दीपकराज जोशी शनिबार सार्वजनिक सुनुवाइका लागि संसदीय विशेष समितिको ‘कठघराुमा त उभिए तर अधिकांश प्रश्नको जवाफ दिएनन्।
सभासदहरुले उनीहरुका योग्यता, क्षमता, आचरण र छविसम्बन्धी दर्जनौं गम्भीर प्रश्न उठाएपछि उनीहरुले अनेक कथा हालेर जवाफबाट पन्छिने प्रयत्न गरे। सभासदहरुले सबै प्रश्नको उत्तर दिन पटक–पटक आग्रह गरे पनि उनीहरुले संसदीय समितिको आग्रह टेरेनन्, सैद्धान्तिक र अर्तिउपदेशका सन्दर्भ जोड्दै पन्छिए र हतपत समितिबाट बाहिरिए।
न्यायपरिषदले सर्वोच्चमा रिक्त स्थायी न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस जोशीलाई समितिका सदस्यहरुले झन्डै सय मिनेट प्रश्न गरे, तर जोशी समितिसमक्ष १० मिनेट मात्रै बोलेर बिदा भएका थिए। उनलाई समितिका ३३ सभासदले ३–३ मिनेट लगाएर प्रश्न गरेका थिए।
आफूहरूले उठाएका दर्जनौं प्रश्न छल्न खोजेपछि कांग्रेसका बालकृष्ण खाँडले ‘जागिर दिन अन्तर्वार्ता लिएको होइनु भन्दै जवाफका लागि न्यायाधीशलाई रुलिङ गर्न सभापतिसमक्ष आग्रह गरेका थिए।
जोशीले सभासदले उठाएका १र२ प्रश्नको मात्र जवाफ दिएका थिए। जवाफ दिएकामा पनि घुमाउरो र उल्टै प्रश्नकर्तामाथि प्रहार थियो। ‘सरकारवादी मुद्दाका आधारमा मलाई उपयुक्त छैन भन्नुहुन्छ भने भोलिदेखि प्रत्येक मुद्दा सरकारले जित्छ। सरकारले मुद्दा दायर गर्यो कि जित्यो,ु समितिमा जोशीको आक्रोश थियो।
एमाले सभासद रवीन्द्र अधिकारीले न्यायाधीशहरु प्रश्नबाट भागेकाले आरोप स्वतः पुष्टि भएको बताए। ‘उहाँहरुले जवाफ नदिएपछि हाम्रो प्रश्नले जित्यो,’ उनले भनेका थिए। नागरिक दैनिकबाट













प्रतिक्रिया