काठमाडौ । नेकपा एमालेले संविधानसभा सदस्य उपनिर्वाचनको लागि चारवटै निर्वाचन क्षेत्रको उम्मेद्वार तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज बसेको स्थायी समितिको बैठकले उम्मेद्वारहरुको टुंगो लगाएको हो ।
एमालेले काठमाडौँ क्षेत्र नं २ मा कृष्णगोपाल श्रेष्ठ, चितवन क्षेत्र नं ४ मा मुक्ति शर्मा, बर्दिया क्षेत्र नं १ मा श्याम ढकाल र कैलाली क्षेत्र नं ६ मा महेश्वर पाठकलाई उम्मेद्वार बनाउने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
आगामी असार ८ गते हुने उपनिर्वाचनका लागि यही जेठ ११ गते उम्मेद्वारहरुको मनोनयन गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ ।
















प्रतिक्रिया