२८ आश्विन २०८३, बुधबार

श्रीमती अर्कैसँग लागेको शंका लागेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex1

पेरिस । फ्रान्सको उत्तरी भागमा एक पतिले एक सानो गाउँका मेयरलाई शुक्रबार मारी आत्महत्या गरेका छन् । यसले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको समाचार प्राप्त भएको छ ।

यी पतिले ५५ वर्षीय मेयर डोमिनिक लेबुचेको आफ्नी पत्नीसँग सम्बन्ध रहेको आशंका गरी उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । यी व्यक्तिले पनि पछि आत्महत्या गरेको बताइएको छ ।

फ्रान्सको उत्तरी भागमा पर्ने क्यालभाडोसको ब्रेटेभिल ली राबेट गाउँमा उक्त अपराधले सबैलाई स्तब्ध बनाइदिएको बताइएको छ ।

मेयरका एक सहयोगी यानिक गेसननले मेयरले कुनै प्रकारको अनैतिक सम्बन्ध बनाएको आफूले विश्वास नगरेको बताए । उनले यो आक्रमण पागलपनाको कार्य भएको देखिएको बताए ।

उक्त गाउँमा २५० व्यक्ति बसोबास गर्छन् र पेन्सनमा जीविका चलाइरहेका अलबर्ट गिबटले आक्रमणकारीले मेयर स्थानीय परिषद्को एक भेलामा उपस्थित हुँदा विस्फोट गराइदिएको बताए ।

पहिले मेयर बीमाको काम गर्थे र सन् २००१ मा स्थानीय सभासद् बने । सन् २००८ मा उनी उपमेयर बनेर र मार्च महिनामा मेयर पदमा निर्वाचित भए । रासस / एएफपी