२८ आश्विन २०८३, बुधबार

यसरी सकियो थाइल्याण्डमा नेपाल महोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकक । गैरआवासीय नेपाली संघ थाइल्याण्डले पहिलो पटक बैंककमा शनिबार आयोजना गरेको नेपाल महोत्सव २०१४ भव्यरुपमा सम्पन्न भएको छ । बैंककस्थित एट्रियम होटलमा आयोजना गरिएको महोत्सवको उदघाटन सम्माननीय थाई राजकुमारी प्रापापन पानुपन कोर्नकोसियाकाजले विशेष समारोहका बीच गर्नुभएको थियो ।

राजकुमारी कोर्नकोसियाकाजलाई बैंककस्थित नेपाली दूतावासका निमित्त राजदूत डोरनाथ अर्याल, गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले बुकेका साथसाथै पञ्चकन्या र आयोजक समितिले स्वागत गरेको थियो । उहाँको स्वागतको लागि रातो कार्पेटको व्यवस्था गरिनुको साथै मानिसहरुले लाइन बसेर स्वागत गरेका थिए ।

Thailand-Nepal-Festival

राजकुमारी कोर्नकोसियाकाजको मुख्य कार्यक्रम हलमा प्रवेशअघि उहाँले नेपाली वस्तुहरु सजाइएको प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । उहाँ मुख्य कार्यक्रमहलमा प्रवेश गर्दा शाही धुनद्धारा स्वागत गरिएको थियो भने त्यपछि थाईल्याण्ड र नेपालको राष्ट्रिय धुन बजाइएको थियो । निमित्त राजदूत डोरनाथ अर्यालले स्वागत मन्तव्य राख्नु भएको थियो भने गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले प्रदर्शनी आयोजनाको उद्देश्यबारेमा प्रकाश गर्नुका साथै राजकुमारी कोर्नकोसियाकाज तथा अन्य आमन्त्रितहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । ढकालले अपेक्षा गरेअनुसार नेपाललाई प्रवद्र्धन गर्न प्रदर्शनी सफल भएको दावी गर्नुभएको थियो ।

Thailand-Nepal-Festival1

उदघाटन मन्तव्य दिँदै राजकुमारी कोर्नकोसियाकाजले भन्नुभयो:

नेपाल महोत्सव २०१४ को यस साँझमा तपाईंहरुसँग सहभागी हुन पाउँदा मलाई आनन्द लागेको छ । थाइ अधिराज्यमा यस कार्यक्रम आयोजना गर्ने गैरआवासीय नेपाली संघ थाइल्याण्ड, अन्य संघ संगठन र अन्य सम्वद्ध व्यक्तिहरुप्रतिबधाई दिन्छु ।

नेपाली संस्कृति र प्रस्तुतिको यस महत्वपूर्ण समय तपाईंहरुसँग बिताउन पाउँदा मलाई खुशी लागेकोछ । यस कार्यक्रमले निश्चय नै नेपाल र थाइल्याण्डबीचको सम्वन्ध थप विस्तार गर्न सहयोग पुर्याउने छ ।

सहकार्य र सहयोगको भावना यस महोत्सवको ट्रेडमार्क बन्नेछ,सोही भावनाअनुसार हामी हाम्रा दुई देशका जनताका साझा स्वार्थका आधारमा दुई देशबीचको सम्वन्ध थप झाँगिने गरी हाम्रा भावनाहरुलाई आदानप्रदान गरेर दुई देशबीचको सम्वन्ध बलियो बनाउन सँगसँगै काम गर्न सक्छौ भन्ने मलाई विश्वास छ । मलाई विश्वास छ थाइल्याण्डका नेपालीसमुदाय त्यस दिशामा निरन्तर प्रयासरत हुनेछ ।

अन्त्यमा, म गैरआवासीय नेपाली संघ थाइल्याडका अध्यक्ष खगेन्द्रराज ढकाललाई यस महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा धन्यवाद दिन्छु । यो महोत्सव सञ्चालन हुने रात सफल, मनोरञ्जनपूर्ण र स्मरणीय बन्न सकोस भन्न कामना पनि गर्दछु ।

Thailand-Nepal-Festival3

उदघाटन मन्तव्यपछि राजकुमारी कोर्नकोसियाकाजले रिवन काटी कार्यक्रमको औपचारिक उदघाटन गर्नुभएको थियो । उदघाटनका क्रममा, गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष ढकालले राजकुमारी कोर्नकोसियाकाजलाई मायाको चिनोको रुपमा स्वयम्भुको स्तुपा हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि राजकुमारी कोर्नकोसियाकाजले गैरआवासीय नेपाली संघ थाइल्याण्डलाई नेपाल महोत्सव आयोजना गरेको तथा आफूलाई आमन्त्रण गरेकोमा प्रसंशापत्र प्रदान गर्नुभएको थियो ।

उदघाटन कार्यक्रमपछि राजकुमारी कोर्नकोसियाकाजले नेपाली संस्कृतिक प्रस्तुतिको अवलोकन गर्नुभएको थियो । उहाँ चार घण्टा महोत्सव परिसरमा बिताउनु भएको थियो । सोही क्रममा उहाँले रात्री भोजमा पनि सहभागी हुनुभएको थियो ।

Thailand-Nepal-Festival4

शनिबार दिउसो राजकुमारी कोर्नकोसियाकाजले सहभागीदेखि गैरआवासीय नेपाली संघका अध्यक्ष खगेन्द्रराज ढकालसँग नेपालको जनजीवनको बारेमा जिज्ञासा राख्नुको साथै भविश्यमा नेपाल भ्रमणको इच्छा जाहेर गर्नुभएको थियो ।कार्यक्रममा ठूलो संख्यामा नेपाली, थाई, अन्तर्राष्ट्रिय समुदायको उपस्थिति रहेको थियो । विभिन्न २५ मुलुकका करिव चारसयले महोत्वको मुख्य प्रदर्शनी तथा रात्रीभोजमा सहभागी भएको गैरआवासीय नेपाली संघ थाईल्याण्डका महासचिव केदार तिमल्सिनाको रिपोटिङ छ । तिमल्सिनाले कार्यक्रमा ठूलो संख्यामा कुटनीतिज्ञ, पूर्व मन्त्री, प्राध्यापक, व्यवसायी, टुर अपरेटर, सञ्चारकर्मी सहभागी भएका बताए ।

महोत्सवमा मुख्य साँस्कृतिक प्रस्तुतिको रुपमा अङगुली नृत्य, झागड नृत्य, कुमारी नृत्य, लाखे नाच, शिव ताण्डप, आरती नृत्यलगायत थिए । महोत्सवको अर्को आकर्षक पक्ष भनेको फेशन परेड थियो जहाँ नेपालको हिमाली क्षेत्रदेखि तराईसम्मका पहिचन समेटिएको थियो ।

अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुले विभिन्न नेपाली उत्पादन खरिद गर्नुको साथै चासोपूर्वक अवलोकन गरेका थिए । महोत्सव तयारी समितिको संयोजक समेत रहेका गैरआवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष दिलबहादुर थापाका अनुसार एक हजार भन्दा बढीले मेलाको अवलोकन गरेका थिए । मेलामा नेपाली दूतावास, नेपाल वायुसेवा निगमसहित दर्जन बढी निजी व्यवसायिक फर्महरुले सहभागिता जनाएका थिए ।

Thailand-Nepal-festival7

गैरआवासीय नेपाली संघ थाइल्याण्डका युवा संयोजक दिपेश श्रेष्ठका अनुसार महोत्सवमा मानिसहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । महोत्सव रहेको मुख्य हलमा भने प्रवेशको लागि पासको व्यवस्था गरिएको थियो ।

नेपाल देखि आएको बिरेन्द्र राज जोशीको कल्चर एक्सप्लोर ग्रुप , राज कर्माचार्य को स्थानीय कलाकार हरुको समूह, बिजय अवालेको स्टल ब्यबस्थान टीम र निलिमा लिम्बुले नेतृत्वगरेको फेसन परेडमा संलग्नलाई एन आर एन थाइलेण्ड बिशेस धन्यवाद दिएको छ।

महोत्सवलाई सफल बनाउन प्रायोजक हरुको ठुलो भूमिका रहेको बताउदै एन आर एन थाइलेण्ड ले हादिर्क बधाई ज्ञापन गरेको छ । एन आर एन थाइल्याण्डका उपाध्यक्ष एवम महोत्सब तयारी समितिका संयोजक दिल बहादुर थापा (हरि) का अनुसार महोत्सवका लागि कोहसामुइ आइलेण्डस्थित पिटर पौडेलको प्यराडाइज सामुइ भिल्ला र बैंकक स्थित दिल बहादुर थापा (हरि) को एमसेफ फूड ग्रुपले मेलाको विशेष् प्रायोजन गरेका थिए। फुकेटस्थित राजेश खनालको राज कल्लेक्सन टेलरिङग हाउसले डाइमण्ड स्पन्सर गरेको थियो । त्यस्तैबि बि एअरलाइन्स र एन के इन्टरनेसनल ले प्लाटिनम स्पन्सर गरेका थिए । गोल्ड स्पन्सर हरुमा बैंकक स्थित कुमार कार्कीको स्टाइलो कलेक्सन , बैंकक स्कुल अफ म्यानेजमेन्ट, सोनु कुमारको बोस सुट ग्रुप, पतायास्थित धर्मेन्द्र सुबेदीको पौल कोउचर, नेपाल एअरलाइन्स , आसाजिता अवालेको हिमालयन रेस्टुरेन्ट, जगदीपको बवार्ची रेस्टुरेन्ट , एनआरएन थाईलेन्ड फुकेट ब्रान्च र एन्थोनि खनाल एन्थोनि बुटिक रहेका थिए । सिल्भर र व्यक्तिगत स्पन्सर गर्ने हरुमा डेंग लिम्बु , बिजय अवाले, कमल थापा, सन्त बाहादुर तामाङग र काजि श्रेष्ठ रहेका थिए ।

Thailand-Nepal-Festival6

स्पन्सर कलाकार र सहयोगी हरुलाई चाडैनै एक कार्यक्रमको आयोजना गरि प्रसंसापत्र वितरण गर्ने एन आर एन थाइल्याण्डका उपाध्यक्ष कुमार कार्कीले बताउनु भएको थियो । त्यस्तै गरि नेपाल एम्बेसी , नेपाल एअरलाइन्स , थाई नेपाली संघ र थाई नेपाल चेम्बर अफ कमर्सलाइ पनि कार्यक्रममा गरेको सहयोगको लागि एन आर एन थाइलेण्डले धन्यवाद दिएको छ ।

यसका अतिरिक्त महोत्सब्लाई सहयोग गर्ने बरिस्ठ थाई समाज सेबी एबम ब्यबसाईहरुको सहयोगलाई पनि एन आर एन थाइलेण्डले धन्यवाद टक्राएको थियो ।

महोत्सव समापन समारोहमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले आयोजक समिति, सहयोगी र प्रायोजकलाई औपचारिक धन्यवाद दिनुभएको थियो ।

यसै गरि विभिन्न समिति उप समितिहरुमा रही महोत्सब्लाई सफल पार्न सहयोग गर्ने ब्यक्तित्वहरुलाई एन आर एन थाईलेन्ड का अध्यक्ष खगेन्द्र राज ढकाल र उपाध्यक्ष एवम महोत्सब तयारी समितिका संयोजक दिल बहादुर थापा (हरि) ले सचिबालय को बैठक मार्फत धन्यवाद दिदै सम्पूर्ण आयोजक , प्रायोजक र सहयोगीहरुको कठिन परिश्रमको सर्हानागर्नु भएको थियो।

शनिबार दिउसो राजकुमारी कोर्नकोसियाकाजले सहभागीदेखि गैरआवासीय नेपाली संघका अध्यक्ष खगेन्द्रराज ढकालसँग नेपालको जनजीवनको बारेमा जिज्ञासा राख्नुको साथै भविश्यमा नेपाल भ्रमणको इच्छा जाहेर गर्नुभएको थियो ।

 

Thailand-Nepal-Festival5