काठमाडौँ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
नेता डा बाबुराम भट्टराईसहितको समुह केन्द्रीय समितिमा जान तयार भएपछि कार्यविभाजनको विषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।
बैठकले संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो पनि लगाउने माओवादीका एक नेताले जानकारी दिए ।
बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । एमाओवादीले केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाउने निर्णय गरेको छ ।
















प्रतिक्रिया