मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

‘बाबुरामजी मैले भनेकै बाटोमा आउनुभयो’

दैनिक नेपाल २०७१ जेठ ९ गते ५:५१

Puspakamal & Baburamकाठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराई विराटनगरमा आफूले भनेजस्तै गरी नेतृत्वमा आएको बताएका छन् । उनले विराटनगर राष्ट्रिय सम्मेलनमा फरक मतलाई छलफल गर्दै गरेर नेतृत्वमा आउन गरेको आग्रह उल्लेख गर्दै हाल त्यसमै सहमति भएको बताए

पार्टी केन्द्रीय कार्यालमा बिहीबार भट्टराई ‘टीम’ सहभागी भएको बैठकमा दाहालले फेरि पार्टीमा नया प्रयोग भएको बताए । ‘मैले विराटनगरमा भनेको थिए, हाल त्यही कुरा भएको छ’ उनले बैठकमा भने, ‘मैले फरक मतलाई छलफल गर्दै कमिटीमा बसौ भनेको हो, अहिले उहाहरु आउनु भयो ।’ उनले भट्टराई पक्ष बाहिरनु र भित्रिन’ ‘ऐतिहासिक’ भएको भन्दै ब्यंग्य गरेका थिए । ‘यो ऐतिहासिक घटना हो, हामी फेरि एकै ठाउमा उभिन्छन् भनेर एकथरिले सोचको थिएनन्’ उनले भने, ‘यस अवसरमा खुशियाली मनाऔ ।’ दाहालले वैचारिक संघर्ष गरेर पार्टीलाई नयाँ ठाउमा लैजाने बताएका थिए । ‘अब वैचारिक संघर्ष प्रधान भएर जान्छ’ उनको भनाइ थियो ।

दाहालले बोल्नु अघि भट्टराईले सहमतिमा अझै नपुगेको बताउदै आफ्नो फरक मतलाई खुला छलफल चलाइनु पर्ने माग गरे । ‘हामी अझै पनि सहमतिमा पुगेका छैनौ, मैले विराटनगरमा प्रस्तुत गरेको सात र काठमाडौं आएपछि फेरि सात बुदेबारे पार्टी कमिटीमा तलैसम्म छलफल गर्दै लैजानुपर्छ’ उनले भने, ‘फरक मतलाई खुला छलफल चलाएर निश्कर्षमा पुग्नुपर्छ ।’ उनले एकवर्षभित्र पार्टीको विशेष महाविधेशन गर्न माग गरे । ‘मेरो अझै पनि विचार, राजनीतिमा नोट अफ डिसेन्ट’ छ । बैठकमा भट्टराईले आफू ‘हेडक्वाटरु मा बस्ने/नबस्नेबारे केही बताएनन् । दाहाल निकट नेताले भने भट्टराई सदस्यको रुपमा हेडक्वाटरम बस्ने दाबी गरे ।

भट्टराईले बैठकमा बोलिरहदा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले खास चासो नदिएको एक सहभागीले बताए । दुई साताको अवधिमा भट्टराईले दुई पटक गरी असमतिको १४ बुँदे दाहाल समक्ष पेश गरेका छन् । यसबीच उनले दाहालले संसदीय दलको नेता दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने, फरक मतलाई सम्मान गर्नुपर्ने, संविधानसभाबाट प्रगतिशील संविधानमा जोड दिनुपर्ने, अन्तरसंघर्षलाई व्यवस्थित गर्नुपर्नेलगायतका माग राखेका थिए । अन्ततः दाहाल र भट्टराईबीच पद बाँडफाटमा कुरा मिलेपछि भट्टराई पक्ष केन्द्रीय समितिमा फर्किएको छ ।

विराटनगर राष्ट्रिय सम्मेलनमा अपुरो रहेको केन्द्रीय समितिलाई दाहालले बिहीबार पूर्णता दिएका छन् । विराटनगरमा ८४, मंगलबार ६५ र बिहीबार २  गरी एक सय ५१ सदस्यी केन्द्रीय समिति बनेको छ । बिहीबार पुष्पा घतीै र उपेन्द्र साह केन्द्रीय समितिमा थपिएका छन् । केन्द्रीय समितिमा भट्टराई पक्षका २९ जना छन् ।

भट्टराईले दाहालसंग वार्गेनिङ गरेको कारण कम्तिमा आधार दर्जन संख्या केन्द्रीय समितिमा बढाएको संस्थापनको आरोप छ । ‘बाबुरामको विचारको संघर्ष थियो भने विराटनगरमा पनि फरक मतलाई छलफल गर्ने कुरा भएकै हो, अहिले पनि त्यही भएको छ’ संस्थापनका एक नेताले भने, ‘यो त आफ्ना मान्छे थप्ने संघर्ष रहेको स्पष्ट भएको छ ।’

केन्द्रीय समिति बैठकपछि दाहाल निवास लाजिम्पाटमा केन्द्रीय पदाधिकारी, स्थायी, पोलिटब्युरोबारे दाहाल र भट्टराईबीच छलफल भए पनि कुरा मिल्न सकेन । केन्द्रीय कार्यालय (हेडक्वाटर) ५ कि ११ राख्नेबारे टुंगो लागेको छैन । हेडक्वाटर ११ जनाको भए स्थायी समिति हुने छैन । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित