काठमाडौं । भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला सोमबार भारत जाने भएका छन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम तय समेत गरेको छ । आगामी २६ मे मा मोदीको सपथ ग्रहण समारोहमा सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई निम्ता गरिएको छ ।
त्यसैगरी बैठकले तीनजना सचिवको पदस्थापन समेत गरेको छ । वैठकले सचिव सुरेशमान श्रेष्ठलाई शहकारी तथा गरिवी निवारण मन्त्रालयमा पठाएको छ भने मधुर योगीलाई निर्वाचन आयोगमा पठाएको छ । यस्तै क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा रहेका भोला सिवाकोटीलाई श्रम मन्त्रालयमा ल्याउने निर्णय गरेको छ ।
यसैगरी प्राकृतिक विपतका पीडितहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
















प्रतिक्रिया