२८ आश्विन २०८३, बुधबार

मोदीको सपथमा प्रधानमन्त्री जाने-नजाने निर्णय गर्न मन्त्रिपरिषद् बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

काठमाडौं । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री सुशील कोइराला जाने कि नजाने भन्ने विषयमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद बैठक बस्दैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार हुने सपथ ग्रहणमा निम्तो गरिएपछि प्रधानमन्त्री कोइराला जाने तयारीमा लागेका हुन् । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले टेलिफोन गरेर सपथग्रहण समारोहमा सहभागी बन्न आग्रह गरेपछि प्रधानमन्त्री कोइरालालाई जान दबाब परेको बताइएको छ ।

प्रधानमन्त्री जाने मनस्थितिमा रहेको र आज मन्त्रिपरिषदबाट निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

चीन भ्रमणको निम्तो पाइरहेका प्रधानमन्त्री कोइरालालाई पहिले भारत जाने मौका रहेको पनि उनका सहयोगीले बताइरहेका छन् । भारतीय लोकसभा चुनावका कारण रोकिएको भारत भ्रमणको बाटो खोल्न प्रधानमन्त्री कोइरालाका लागि सपथ ग्रहणको निम्तोले एउटा राम्रो अवसर जुराएको छ । मोदीले सार्क राष्ट्रका समकक्षी सबैलाई सपथमा बोलाएका छन् ।