मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

उपेन्द्रको पार्टीमा द्वन्द्व चर्क्यो

दैनिक नेपाल २०७१ जेठ ८ गते ५:५१

Upendra Yadavकाठमाडौं । वरिष्ठ नेता भरतविमल यादबसहित दर्जन नेताले बुधबार फोरम नेपालको केन्द्रय समिति वैठक बहिष्कार गरेका छन् । उनीहरुले अध्यक्ष उपेन्द्र यादवबाट एकलौटी ढंगमा केन्द्रीय समिति पुनर्गठन भएको आरोप लगाएका छन् ।

अध्यक्ष यादवले आफू निकट र ‘यशम्यान’लाई मात्र समेटेको भन्दै सभासद र नेताहरु असन्तुष्ट भएका हुन् । उनले गत साता केन्द्रीय समिति पुनर्गठन गर्दा भरतविमललगायत चुनाव जितेका अभिषेकप्रताप शाह र अन्य पुराना नेताहरुलाई गुमाराहमा राखेको स्रोतले बतायो ।

‘अध्यक्षले परामर्श नगरी समिति विस्तार गर्ने अनि त्यस्तो वैठकमा भाग लिएर हामीले किन उपेन्द्रको भजन गाउने ?’ भरतविमलले भने, ‘उनी (अध्यक्ष) पुरै अटोक्र्याट भए, त्यही भएर त्यस्तो वैठकमा सहभागी हुन आवश्यक ठानेनौं ।’

चुनावलगत्तै समानुपातिक सभासद चयनसम्बन्धि वैठकमै अध्यक्ष यादबले समिति विघटन गरी पुनःगठन गर्ने अधिकारसमेत लिएका थिए ।

बुधवार विहान बोलाईएको वैठक वहिष्कार गर्ने अन्य नेतामा सचिव रत्नेश्वरलाल कायस्थ, पूर्वमन्त्री एवं पुराना नेता मोहम्मद इस्तियाक राई, अर्जुन थापा, पूर्वमन्त्री रामचन्द्रराय यादब, अरेशनारायण झा, विनिता यादब, रञ्जु बर्मा, कामता खटिक, अजयकुमार श्रीबास्तावलगायत थिए ।

भरतविमलले अध्यक्षको रबैयाकै कारण संविधानसभा चुनावमा पार्टी हारेको बताए । ‘हामीचाँही पार्टीलाई सशक्त बनाउँदै  लैजाउँ भन्छौ’ भरतविमलले भने, ‘उनीचाँही पार्टी सञ्चालनमा एकाएक छाडा भईरहेका छन् ।’

भरतविमललगायतले समानुपातिक सभासद् चयन र समथ्र चुनावी प्रक्रियामा आर्थिक चलखेल भएको भन्दै श्वेतपत्र जारी हुनुपर्ने माग  राखेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित