२८ आश्विन २०८३, बुधबार

तन्त्रमन्त्र गरेको भन्दै ठूलीआमाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kutpit Hatyaकाठमाडौं । जेठ १ गते बिहान काठमाडौं सेतीदेवी गाविसकी ५५ वर्षीया मैना मगर घरकै आँगनमा डोरी बाटेर बसेकी थिइन्। देवरका छोरा २२ वर्षीय राजेश गाईबस्तु बाँध्ने किलो हातमा बोकेर उनी भएतिर आए। सधैं व्यापारव्यवसायका कुरा गर्ने भतिजाका हातमा किलो देखेर अचम्भित मैनालाई राजेशले एक्कासि छातीमा हाने। उनले गुहारसमेत भन्न पाइनन्। मैनाको प्राण नजाउन्जेलसम्म राजेशले अन्धाधुन्ध प्रहार गरिरहे।

आफूलाई तन्त्रमन्त्र लगाएर व्यवसायमा असफल बनाएको भन्दै राजशले ठूलीआमाको हत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त कीर्तिपुरको हिरासतमा रहेका राजेशले आफूलाई असफल बनाउन ठूलीआमाले आँखा लगाएको र तन्त्रमन्त्र गरेकाले हत्या गरेको बयान दिएका छन्।

राजेशले केही महिनाअघि माछापालन गर्न जग्गा धितो राखेर स्थानीय फाइनान्सबाट ब्याजमा ऋण लिएका थिए। उनी माछापालन गर्न असफल भए। त्यसका लागि मैनाले तन्त्रमन्त्र गरेको राजेशको आरोप थियो। ुम कहाँ जान्छु, के गर्छु, चासो राख्थिन्, उनले आँखा लगाएरै म असफल भएकाले हत्या गरेको हुँु, राजेशलाई उद्धïृत गर्दै वृत्तका प्रमुख नायब उपरीक्षक सुवास बोहराले भने।

मैनाका छोरा राजुले भने राजेशले माछापालन गर्न लिएको ऋण मोजमस्तीमा उडाएर धितो राखेको जग्गा डुब्ने भएपछि आवेशमा आएर आफ्नी आमाको हत्या गरेको बताए। ुऋण लिएको पैसाले सानो पोखरी मात्रै खन्यो, बाँकी पैसा उडायो अनि डाहामा आमाको हत्या गरेको होु, राजुले भने।

प्रहरीले हत्यापछि फरार राजेशलाई भोलिपल्ट फर्पिङ जाने बाटोबाटै पक्राउ गरेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि थप १० दिन थुनामा राख्न सोमबार जिल्ला अदालत काठमाडौंबाट म्याद लिएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट