मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

भ्यागुताको विहेमा २५ किलाको खसी

दैनिक नेपाल २०७१ जेठ ७ गते ७:२४

Bheguto 1सिन्धुली । लामो समय पानी नपरेपछि सिन्धुलीको लाम्पानटार ३ र ४ का स्थानीयले भ्यागुताको विवाह गराएका छन् । दुई सय जन्ती सामेल भएको सो विवाहमा २५ किलोको खसी काटेर भोज गरिएको थियो ।

गाविसको ३ र ४ वडाको सिमानाको रुपमा रहेको भालुखालाको भाले भ्यागुतालाई बोकेर ल्याएर वडा नम्बर ३ को बाङरिङखोलाको पोथी भ्यागुताबीच विवाह गराइएको थियो । त्यस अवसरमा नौ ब्राम्हणले रुद्रीपाठ गरेका थिए । विवाहमा दुवै वडाका करिब दुईसय जन्ती सामेल भएका थिए । भ्यागुताको विवाह सम्पन्न भइसकेपछि स्थानीयबासीले भोजस्वरुप २५ किलोको खसी काटेर खाएको स्थानीइ विवेक दुलालले बताए ।

भ्यागुताको विवाह गर्दा पानी पर्ने विश्वासअनुसार विवाह समारोह आयोजना गरिएको स्थानीयले बताएका छन् । यसरी रुद्रीपूजासहित भ्यागुताको विवाह गर्दा इन्द्र भगवान खुसी भई पृथ्वीमा पानी पारिदिने जनविश्वास रहेको छ । सोमबार दिउँसोको विवाहपछि साँझ फाट्टफुट्ट पानी परेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित