बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

कोइरालाका सय दिन: स्वच्छ, तर सुस्त

दैनिक नेपाल २०७१ जेठ ७ गते ७:१६

Sushil Koiralasकाठमाडौं । संसारका सबैभन्दा कम निजी सम्पत्ति भएका प्रधानमन्त्री, अहिलेसम्म कहिल्यै लाभको पदधारण नगरेका, कुनै पारिवारिक दबाब नभएका र स्वच्छ छविका सुशील कोइराला आफ्नो शासनकालको सयौं दिन आएर कमजोर, सुस्त र निर्णयक्षमता नभएका शासक बन्न पुगेका छन्। कुनै पनि सरकारले एक सय दिनमा कुनै चामत्कारिक काम गर्न सक्दैन।

तर सुशील कोइरालाको अहिलेसम्मको उपलब्धि न्यून रहेको र गरेका कामको पनि सही मूल्यांकन नभएका कारण सर्वसाधारण यो देशलाई स्वच्छ शासक चाहिन्छ कि क्रियाशील भन्ने विषयमा बहस गर्न थालिसकेका छन्।

जेठ ७ गते बुधबार नेपालका ३७ औं प्रधानमन्त्रीका रूपमा सुशील कोइरालाले पद तथा गोपनीयताको शपथग्रहण गरेको सय दिन पुग्दैछ, तर उनले गरेका राम्रा काम भनेर दसऔंला पनि भाँच्न नसकिने अवस्था छ।

सुशील कोइरालाको सरकारले सुरुमा केही राम्रा कामको सुरुआत गर्ने संकेत दिए पनि पार्टीको आन्तरिक कलह, सत्तासाझेदार दलको असहयोग र आफ्नै शंकालु चरित्रले अघि बढ्नै सकेनन्। बरु देशलाई नै अनिर्णयको बन्दी बनाए।

प्रधानमन्त्री कार्यालयबाट ‘५ हजारभन्दा बढी भुक्तानी दिनुपर्दा तीन दिन वेबसाइटमा सार्वजनिक गरेर मात्रै भुक्तानी दिनेु फाइलमा हस्ताक्षर गर्दै मुलुकको कार्यकारी प्रमुख पद सम्हाल्दा कोइरालासँग आमअपेक्षा ह्वात्तै चुलिएको थियो। हनिमुन पिरियड ९१०० दिन० ले भने त्यसलाई किनारा लगाइदियो।

विश्लेषक नीलाम्बर आचार्य मुलुक संवैधानिक र राजनीतिक संकटबाट गुज्रिएको समयमा संविधानसभा निर्वाचनसँगै गठन भएको सरकारले लोकतान्त्रिक संस्थाहरू सक्रिय बनाएको टिप्पणी गर्छन्। ‘सरकारसामु धेरै चुनौती र जिम्मेवारी छन्, तर सरकारले सय दिनमा यही नै महत्त्वपूर्ण काम गर्‍यो भन्ने केही छैन,’ उनको समीक्षा छ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी ऐन पारित हुनु कोइराला सरकारको ठूलो उपलब्धि मान्न सकिन्छ, तर त्यो पनि कार्यान्वयनबाट कोसौं टाढा छ। प्राविधिक त्रुटिमै ऐन अल्भ्किँदा यसले पूर्ण आकार लिन सकेको छैन। संविधानसभामा रिक्त समितिहरूको नेतृत्व चयन भए पनि संविधान निर्माण प्रक्रियाले गति पाउन सकेको छैन। सरकारलाई पूर्णता दिने प्रक्रियामा सत्तासाझेदार दल नेकपा (एमाले) सँगको रस्साकस्सीसँगै सुरु भएको विवाद न्यायपरिषदबाट भएको न्यायाधीश सिफारिससँगै चर्को र चुनौतीपूर्ण बन्दै गएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित