मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

तनावपूर्ण मधुमास

दैनिक नेपाल २०७१ जेठ ७ गते ७:०५

Sushil Koiralaकाठमाडौं । पार्टीमा सानो कोटरीभित्र सीमित नेताको आरोप झेल्दै आएका कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका रुपमा सयदिने मधुमास कटाएका छन्।

एमालेलगायत दलसँगको उनको ‘साझेदारी मधुमासु त्यति सहज देखिएन, सय दिन उनले तनावै तनावमा बिताए।

संविधानसभा निर्वाचनलगत्तै दुई ठूला दल कांग्रेस र एमालेले शान्ति र संविधानका लागि भन्दै कम्तीमा संविधान निर्माणसम्म सहकार्य गर्ने ऐलान गरेका थिए। दुई दलका नेताबीचको व्यवहारमा भने सुरुदेखि नै चिसोपन रह्यो।

कोइराला गठबन्धन सरकार दुई तिहाइ सदस्यको समर्थनमा बने पनि सरकार सुरुदेखि नै निकै सुस्त, अलमलग्रस्त र दैनिकी बुझाउनेजस्तो देखिएको एमालेले राजनीतिक दस्तावेजमार्फत निष्कर्ष निकालिसकेको छ।

मन्त्रालय बाँडफाँटदेखि नै सुरु भएको मतभेद सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिसम्म झन् चर्कंदै आएको छ।

गृह मन्त्रालय कसले लिने भन्ने दुई दलबीचको विवादका कारण प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद पूर्णता दिन लामो समय पर्खनुपर्‍यो।

एमालेले कांग्रेसबाट ‘विश्वासघातु को अनुभव यहीँबाट गर्न थाल्यो। अहिले त दुई दलबीच सम्बन्ध सत्ता साझेदार नभई सत्तापक्ष र विपक्षीजस्तो देखिन्छ। गठबन्धनको न्यूनतम मान्यतासमेत यी दलले ख्याल गरेका छैनन्।

संविधानसभा निर्वाचनमा दुवै दलबीच २० सिटको अन्तर छ। सरकार गठन हुनुभन्दा अघि र त्यसपछि पनि एमालेका नेताले ठूलो दल कांग्रेसले व्यवहार दुई तिहाइ जितेको जस्तो गरेको भनेर अभिव्यक्ति दिने गरेका छन्।

प्रतिस्पर्धी दलको भावना र निर्वाचन परिणाममा झिनो अन्तरका कारण उत्पन्न मनोविज्ञान मात्रैले नभएर सरकार सञ्चालनका लागि न्यूनतम समझदारी अभाव गठबन्धनमा प्रमुख समस्या देखिन्छ।

एमालेले मन्त्रिपरिषदमा लो–प्रोफाइलका व्यक्ति पठाएको भन्दै कांग्रेसबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ।

२०४६ सालपछि प्रमुख प्रतिस्पर्धी दलका रुपमा रहेका कांग्रेस र एमाले आगामी दिनमा एकअर्काको प्रतिस्पर्धी ठान्छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित