२९ आश्विन २०८३, बिहिबार

काठमाडौंमा मिनरल वाटर र जारको पानी दूषित, जन्डिसको खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

water.pani

काठमाडौं । उपत्यकामा वितरण हुने अधिकांश कम्पनीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने दूषित पानी वितरण गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणबाट यस्तो खुलासा भएको हो ।

विभागकी महानिर्देशक जीवनप्रभा लामाले नमुना परीक्षणबाट उपत्यकामा अधिकांश कम्पनीले वितरण गर्ने पानी दूषित पाइएको बताइन् । नमुना परीक्षणमा उपत्यकाको पानीमा बढी मात्रामा पीएच (अम्लीय र क्षारीय) को मात्रा अत्यधिक पाइएको उनको भनाइ छ ।

प्रतिलिटर पानीमा ६ दशमलव ५ देखि ८ दशमलब ५ प्रतिशत पीएचको मात्रा हुनुपर्ने मापदण्डको व्यवस्था भए पनि बजारमा वितरण पानीमा घटबढ पाइएको विभागको भनाइ छ । चिकित्सकका अनुसार दूषित पानीको प्रयोगले झाडापखाला, जन्डिस, हैजालगायतका अन्य रोग देखा पर्ने राजधानी दैनिकमा खबर छ ।