२८ आश्विन २०८३, बुधबार

सभासदको दबाबले रोकियो सडक विस्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak Bistarकाठमाडौं । सभासद्हरुको दबाब र मुआब्जा तथा क्षतिपूर्ति रकम विनियोजनमा ढिलाइ भएपछि उपत्यकामा जारी सडक विस्तार ठप्प भएको छ ।

सभासद्हरुले सडकमा चिह्न गाएर छाडिएका ठाउँमा समेत डोजर नलगाउन दबाब दिने गरेका कारण विस्तारको काम अघि बढ्न नसकेको सहरी विकास मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

तीन महिनाअघिबाट सुरु गरिएको सडक चौडा पर्ने अभियान गत मंसिरको संविधानसभा निर्वाचनअघिबाटै रोकिएको थियो । तर, त्यसपछि पनि सभासद्को दवाव र आर्थिक अभावका कारण विस्तारले गति लिन नसकेको स्रोतको भनाइ छ । उपत्यकाको सडक विस्तारलाई सरकारले राष्ट्रिय गौरबको आयोजनामा राखेको छ ।

‘चुनाव जित्न सडक विस्तारका क्रममा घर भत्काउन पहल गर्ने भन्दै जनतामा गएकाले अहिले सभासद्ले सहयोग गर्न नसकेका हुन्,’ सहरी विकास मन्त्रालयका एक अधिकारी भन्छन् ‘चुनावमा गरिएको वाचामा जनताको दवाब आएपछि सडकमा चिह्न लगाएरु छाडिएका ठाउँमा डोजर नलगाउन दबाब दिने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट