सिरहा । जनकपुर बम काण्डका मूख्य योजनाकार भनिएका सञ्जय साहलाई सिरहा कारागारमा राखिएपछि सिसी क्यामेरा जडान गरिएको छ।
अघिल्लो सोमबार साहलाई कारागारमा ल्याइएको थियो। तर उनलाई ल्याइपछि सिसी क्यामेराबाट निगरानी सुरु गर्नु संयोग मात्र भएको एसपि पूर्णचन्द्र जोशीले बताए। उनले भने, ‘म यो जिल्लामा आएपछि कैदीबन्दीको चाप बढेसँगै सिसी क्यामेरा राख्ने प्रयास सुरु गरेको थिए, अहिले पुरा भयो।’ जिल्ला विकास समिति सिरहाको आर्थिक सहयोगमा कारागारमा पाँच वटा सिसी क्यामेरा जडान गरिएको छ।
जिर्ण भैतिक संरचना, क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी र पाँच वर्ष पहिला भएको जेल ब्रेक तिन किसिमबाट यो कारगारको सुरक्षा संवेदनसिल देखिएपछि चौबीसै घण्टा निगरानीका लागि सिसी क्यामेरा राखिएको जोशीले वताए। यसले सुरक्षाकर्मीले गर्नपर्ने निगरानी, बाहिरी चहलपहल, कैदीबन्दीलाई भेट्न आउनेहरु, कैदीबन्दीको हर्कत सम्पूर्ण गतिविधि कैद गर्छ र चाहेको बखत हेर्न सकिने उनले वताए।
जलेश्वर कारागारमा सुरक्षा र ठाउँको जोखिम देखाउँदै राख्न नमानेपछि जिल्ला अदालत धनुषाको आदेश अनुसार साहलाई गत सोमवार सिरहा कारागार पठाईएको थियो। साह आउने वितिकै तत्कालीन प्रमूख जिल्ला अधिकार अनिल कुमार ठाकुरले जलेश्वर कारागारजस्तै स्थान र सुरक्षाको जोखिम भन्दै कारागार ब्यवस्था विभागलाई समस्या जाहेर गरेका थिए।
पहिल्यै क्षमताभन्दा बढी कैदीबन्दी छन् कारागारका जेलर शंकर प्रसाद कर्णले भने, ‘कैदी थप्न नमिल्ने भएपनि उनलाई जसोतसो ब्यवस्थापन गरिएको छ।’
कारागारमा एक आश्रृत बालीका र २१८ जना कैदीबन्दी रहेका छन्। राणाकालमा बनेको यो कारागारको चारैतिर लगाईएको पर्खालको जग हल्लिन थालीसकेको छ भने भवन जीर्ण भईसकेको छ। नागरिक दैनिकबाट













प्रतिक्रिया