२८ आश्विन २०८३, बुधबार

१४ नेपाली नागरिकको राहदानी बंगालीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Passportकाठमाडौं । विदेशमा रोजगारीमा जान लागेका २५ नेपालीको हस्तलिखित राहदानी मेनपावर सञ्चालकहरूले बंगालादेशीलाई बेचेको पाइएको छ । तीमध्ये ११ जनाको प्रहरीले फिर्ता ल्याइसकेको छ ।

साउदी अरबको भिषा लागेका ति राहदानी २९ लाख पचास हजार रुपैंयामा बिक्रि गरिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनायो । उसले राहदानी बेच्ने गिरोहका दुई जनालाई पक्रेको छ । पक्राउ पर्नेमा आरपी इन्टरनेशनल कन्सल्टेन्सिका सञ्चालक पुर्ण बहादुर मगर र अल जरिफा मेनपावरका कुमार पुरी छन् । गिरोहका मुख्य नाईके पाूचथर, नाङगिनका देवीप्रसाद काफ्ले फरार छन् ।

ब्युरोका बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम कार्कीका अनुसार यि ३ जनाले बैदेशिक रोजगारीमा जान आउनेबाट भिषा लगाईदिने भन्दै राहदानी लैजाने गरेका थिए । भिषा लागेपछि त्यसलाई चर्को मुल्यमा बंगलादेशीलाई बेच्ने गरेको पाइएको छ । खाडी मुलुकले भिषा दिन छाडेपछि बंगलादेशीहरु परिचय बदलेर नेपाली बनी त्यसतर्फ जाने गरेका छन् ।

प्रहरीका अनुसार बंगालीलाई बेचेको रकम मगरले बुझेका थिए । त्यसमध्ये १९ लाख ५० हजार रुपैयाँ उनले काफ्लेलाई दिएका थिए ।

प्रहरीका अनुसार साउदी अरबको अल यामा कम्पनीबाट कमल सापकोटाको केएल ईप्लोयमेन्ट सर्भिस प्रालीलाई फ्रि भिषा र टिकटमा सय जना कामदारको माग आएको थियो ।

यसका लागि सापकोटाको कम्पनीले २०७० असोज १६ गते बैदेशिक रोजगार बिभागबाट २५ जनाको श्रम स्विकृती लियो । त्यसपछि मगरले तिनको राहदानी पुरीमार्फत बंगलादेशका मोहमद देलवार हुसेनलाई बेचेका थिए । प्रहरीले अनुसनधान गरेको सुईको पाएपछि उनीहरूले ११ वटा राहदानी भने बंगालदेशी गिरोहबाट फिर्ता ल्याए ।

उनीहरुले एक जनाको राहदानीलाई १ लाखदेखि ३ लाख रुपैंयासम्ममा बेचेको प्रहरीले जनाएको छ । यसको अनुसन्धान पुरा गर्न एक बर्ष भन्दा बढि लागेको एसएसपी कार्कीले बताए ।

बंगालादेशस्थित साउदी अरबको दुताबासबाट वल्र्ड वाईड ईन्टरनेशनलका पुष्प भण्डारीले २५ जनाकै भिषा लगाईदिएका थिए । भिषा लगाएको राहदानी बंगालादेशमै बिक्रि भएको सुईको पाएपछि भण्डारीले ब्यूरोलाई खबर गरेका थिए । राहदानी बेचिसकेपछि पुरीले सापकोटाले दिएको २५ थान र अरु ७ वटा राहदानी पुरानो बानेश्वरस्थित एक होटलमा पार्किङ गरेको गाडीबाट हराएको भन्दै गौशाला प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सोधपुछ गर्दा उजुरी झुटो भएको पत्ता लागेको थियो ।

‘भिषा लगाउन राहदानी छाडेकाले राहदानी माग गर्ने भएकाले त्यबसाट जोगिन प्रहरीमा उजुरी दिएको पाइयो,’ एसएसपी कार्कीले भने । आफुले भिषा लगाएर दिएको राहदानी दुरुपयोग गरेको भन्दै सापकोटाले २०७० माघ १४ गते बैदेशिक रोजगार बिभागमा पनि उजुरी दिएका थिए ।

प्रहरीेले यसका मुख्य योजनाकार काफ्ले भएको जनाएको छ । उनले मगरसंग मिली भिषा लागेका नेपाली राहदानीमा फोटो परिवर्तन गरी बेचेका थिए । काफ् यसअघि पनि ठगी मुद्धामा पक्राउ परेर धरौटी बुझाई छुटेका ब्यक्ति हुन् ।

उनले संयुक्त अरब ईमिरेट आबुधाबीको क्यू, बीजि सेक्युरिटी कम्पनीको नक्कली ईमेल बनाएर आफ्नो एनसिएफ ईम्प्लोयमेन्ट सर्भिस सिनामङगलको नाममा ईमेल आएको भन्दै बिभिन्न ब्यक्तिबाट २९ लाख ८५ हजार रुपैंया ठगी गरेका थिए । उक्त मुद्धामा उनी जिल्ला अदालत काठमाडौं २९ लाख रुपैंया धरौटी बुझाएर रिहा भएका थिए ।

कामदारलाई विदेश पठाउने संस्थाले नै राहदानी बेचिदिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘२/४ महिना प्रक्रिया चलिराखेको छ भन्ने अनि भिषा लगाउन पठाएको हराएछ भन्दै अर्को बनाउन लगाउने गरेको पाइयो,’ एसएसपी कार्कीले भने, ‘राहदानी बाहक पनि २०/२५ हजार रुपैंया आउने भएपछि पैसा लिएर नयाँ बनाउनतिर लाग्छन् ।’

नेपालीको राहदानीमा बिदेशी नागरिक जादाँ राष्ट्रिय प्रतिष्ठामा आँच आउने एसएपी कार्कीको भनाइ छ । ‘कामदारको रुपमा गएकोले त्यो मुलुकमा कुनै अपराधिक गतिविधी गर्‍यो भने त्यसको दोष नेपाली माथी आउँछ,’ उनले भने, ‘विदेशमा नेपाली नाममा गएका कामदारको मृत्यु भयो भने पनि नेपाली नै हो भनेर लास यता आउने गरेको पाइएको छ ।’ कान्तिपुर दैनिकबाट