२८ आश्विन २०८३, बुधबार

बर्सेनि ३ हजारको मिर्गौला फेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kidneyइलाम । ‘तपाईंको सुगर धेरै हाइ छ, सचेत रहनुहोला,’ पिसाब परीक्षणपछि स्वास्थ्यकर्मीले सुझाइन्, ‘मिर्गौलामा पक्कै खराबी हुनसक्छ, डाक्टरलाई देखाइहाल्नुस् ।’ उनी पूर्जी बोकेर फटाफट निस्किए ।

इलाम अस्पतालमा सञ्चालित शिविरमा मिर्गौला जाँच्न पुगेका नारायणस्थानका ती तन्नेरी त्यसपछि भक्तपुरबाट आएका मिर्गौला रोग विशेषज्ञ डा. सञ्जय श्रेष्ठको कक्षमा प्रवेश गरे ।

‘सुगर र प्रेसर दुबै हाइ रहेछ, मिर्गौलामा पक्कै खराबी छ,’ शारीरिक लक्षण सुनेपछि डा। श्रेष्ठले भने, ‘प्रारम्भिक उपचार थालिहाल्नुपर्छ, छिटो राजधानी या पायकपर्दो ठाउँ आउनुहोला ।’

इलाममा आइतबार सकिएको मिर्गौला परीक्षण शिविरमा आएका ६ सय २१ मध्ये १ सय २५ जना ९झन्डै २० प्रतिशत० को मिर्गौलामा ‘समस्या’ देखिएको छ । मिर्गौला नै स्वस्थ नभएपछि मानिस स्वस्थ हुनसक्दैन ।

त्यसैले शिविरमा आएका विशेषज्ञ भन्दैछन्, ‘बद्लिँदो जीवनशैली र खानपानले मिर्गौला बचाउन मुस्किल भो ।’ मिर्गौलामा ‘समस्या’ देखिएकालाई उपचारमा जान सुझाव दिदै चिकित्सकले अपनाउनुपर्ने सावधानी पनि सिकाएका छन् ।

मानव शरीरलाई स्वस्थ राख्न आवश्यक कार्य गर्ने प्रमुख अंगमध्येको एक हो– मिर्गौला । मेरुदण्डको दायाँबायाँ हुने सिमी आकारका यी मिर्गौला दुईटा हुन्छन् । मानिस बाँचुञ्जेल शरीर स्वस्थ पार्न यसको भूमिका उच्च हुन्छ । हड्डी स्वस्थ राख्ने, रक्तकोशिका निर्माण गर्ने र प्रेसर नियन्त्रण गर्ने काम मिर्गौैलाकै हुन्छ । विषाक्त पदार्थ र नचाहिने पानी शरीर बाहिर पठाउने पनि मिर्गौला नै हो । तर, यसैलाई बचाउन मुस्किल पर्दै गएको छ ।

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीले शिविरमा मिर्गौला परीक्षण गरेका हुन् । जसमा किशोर किशोरीदेखि अधवैंशे र बुढापाकासम्म थिए । केहीअघि चिसापानीको गुनमुने र महमाईको कपरसुकामा पनि यस्तै शिविर चलाइएको थियो । त्यहाँ आएकै चिकित्सकले यसपल्ट सदरमुकामको शिविरमा मिर्गौला परीक्षण गरेका हुन् । उनीहरुले इलामको समस्यालाई ‘जटिल’ भन्दै मिर्गौला बचाउन सबैपक्ष सचेत हुनुपर्ने सुझाए ।

केन्द्रकै डा। कल्पना श्रेष्ठले आफूले परीक्षण गरेका बिरामीमध्ये ‘२० प्रतिशतको मिर्गौलामा कुनै न कुनै खराबी रहेको’ बताइन् । ‘गुनमुने र कपरसुकामा यतिसाह्रो समस्या देखिएको थिएन,’ श्रेष्ठले भनिन्, ‘सदरमुकाममा धेरै समस्या देखियो, यो सबैका लागि चुनौती हो ।’ दीर्घरोगी महिला पुरुषमै मिर्गौलाको समस्या बढी देखिएको भन्दै उनले स्वास्थ्यप्रति चनाखो हुन आग्रह गरिन् । नागरिक दैनिकबाट