२८ आश्विन २०८३, बुधबार

बजेट सक्न भ्याइनभ्याइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dozer Ilamइलाम । सुनुवार समुदायले उभौली–उधौली गर्ने ‘पवित्र थलोु पुवामझुवाको चैतेमा बुधबार किरात उत्सव चल्दै थियो। विभिन्नखाले वनस्पतिले ढाकेको लेकाली गाउँमा सयौं मानिस जुटेका थिए।

बन्दाकोबी र आलुले हराभरा बारीबीचको सडकमा उँभोबाट एउटा एक्स्काभेटर बत्तिँदै आयो। जनजातिले ‘पवित्रथलोु मानेर मात्रै होइन, जैविक विविधताको हिसाबले पनि उत्तिकै महत्वपूर्ण ठाउँमा एक्स्काभेटर कसको अनुमतिले चल्यो या चलाइयो, पत्तो पाउने कोही भएनन्। उत्सव छोडेर हेरेको हेर्‍यै गर्ने धेरै देखिए।

गाउँ थर्काउँदै, जमिन हल्लाउँदै एक्स्काभेटर ओरालो लागेपछि थाहा भयो, त्यो भारी मेसिन सडक खनेर फर्किएको रहेछ। ‘अझै काम सकिएको छैन, बेलुका राख्नमात्रै तल लगिएको हो,’ स्थानीय मणि सुनुवार भन्दै थिए, ‘चिमालेतिर जाने सडक खनेपछि मात्रै काम सकिन्छ।’ बाघखोरदेखि चिमालेसम्म जैविक विविधताको भण्डार छ। चाँप, गुराँसदेखि खानेपानीका मुहान, झरना र पूजास्थलसमेत सडकछेउमै छन्। तर, त्यहाँ एक्स्काभेटर चलाउँदा कतैको अनुमति लिएको भेटिएन।

असार मसान्त नजिकिएपछि विकासे काम तीव्र हुन थाल्छन्। १२ महिनामा ९ महिना ‘आरामु, ३ महिना ‘कामु हुन्छ। अरुबेला सुस्त रहेका विकासे अड्डा असार लागेसँगै उपभोक्ताले भरिन्छन् र गाउँमा एक्स्काभेटर गुड्न थाल्छन्। यो विकासे परम्परा यसपल्ट पनि पूर्वी पहाडमा दोहोरिँदैछ। प्राकृतिक सम्पदामा आइपर्ने विनाश रोक्न एक्स्काभेटर प्रयोग भरसक नगर्ने र गर्नैपरे प्रक्रिया पुर्‍याउनुपर्ने कानुनी मान्यता बिर्सिइन्छन्। हतारैहतारमा हुने विकासका काम ‘टालटुलेु बन्छन्।

चालू आर्थिक वर्ष इलामको विकासलाई जिविसले ३४ करोड ८२ लाख रुपैयाँ छुट्याएको थियो। जसमा सडकका २७, साना सिँचाइका ६, ग्रामीण खानेपानीका ५, झोलुंगे पुलका १७, युवा साझेदारीका १४, दलितका ११, जनजातिका १३, अपांगका ८ र महिलाका ९ योजना छनोट भएका थिए। साझेदारीमा चल्नेबाहेक गुम्बा विकास, मोटरेबल पुल, संरचना निर्माणका योजना पनि छँदैछन्। जिविसले चैत मसान्तसम्म ती कामका लागि २१ करोड ८५ लाख खर्च भइसकेको जनाइसकेको छ। नागरिक दैनिकबाट