२८ आश्विन २०८३, बुधबार

माधव नेपाललाई धुलोबाट जोगिन सल्लाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepalकाठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललाई चिकित्सकहरुले भविष्यमा छातीको संक्रमण हुन नदिन धुलो र धुँवाबाट बच्न सल्लाह दिएका छन् । चिसो पेय सेवन र धपेडी नगर्न पनि उनीहरूले सुझाएका छन् । सुधार कायम रहे उनलाई तीनरचार दिनभित्र डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन् ।

६१वर्षीय नेपाललाई उच्च ज्वरो, खोकी, पिसाव पोल्ने लगायतका समस्या देखिएपछि गत बुधवार साझ बीर अस्पताल भर्ना गरिएको थियो । निमोनिया र पिसाबसम्बन्धी संक्रमण देखिएपछि उनलाई आइसियुमा अक्सिजन दिएर उपचार शुरु गरिएको थियो । बिहिवारदेखि उनलाई अक्सिजन हटाएर सेमी आइसियुमा राखिएको थियो । ‘अझ तिन दिनसम्म एन्टिवायोटिक दिएर बुधवार वा विहिवार डिस्चार्ज गर्न सक्छौ,’ उपचारमा संलग्न डा.एइ अन्सारीले भने, ‘उहाँको छातीको दाग कम हुँदै गएको छ, पूर्ण समाप्त हुन समय लाग्छ ।’ हाल नेपालको रगतमा सेतो रक्त कणिकाको संख्या १० हजार ।

घर गएपछि पनि नेपालले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने चिकित्सकको भनाइ छ । निकै गर्मी भएको मधेश र काठमाडौबीच छिटोछिटो आउजाउ गर्दा छातीको संक्रमण निम्तिन सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

चिकित्सकहरुका अनुसार नेपाललाई ब्रोकाटिस यसअघि पनि देखिएको थियो । निमोनिया भने पहिलोपटक देखिएको हो । गत चुनावमासमेत उनलाई रुघा खोकी र दमको समस्याले च्यापेको थियो ।

के हो निमोनिया ?

निमोनिया फोक्सोको संक्रमण हो । यसमा फोक्सा असाधारण रुपले सुन्निन्छ र पानीले भरिन्छ । सामान्यतया यो थुप्रै कारणले हुन्छ । मुख्यगरी व्याक्टेरिया, भाइरस, फंगस, वा अन्य परिजीविका कारण यसले सताउँछ । यसबाहेक केही रसायन वा फोक्सोमा चोट लाग्दासमेत निमोनिया हुन सक्छ ।

विश्वभर वर्षेनी करिव ४५ करोड निमोनियाले प्रभावित हुन्छन । तिमध्ये ४० लाखको मृत्यु हुन्छ । कान्तिपुर दैनिकबाट