२८ आश्विन २०८३, बुधबार

अंगालो हाल्दै जन्मिए जुम्ल्याहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baby-sister

एजेन्सी

अमेरिकामा एक अनौठो जुम्ल्याहाको जन्म भएको छ । ओहियोस्थित एक्रोन जनरल अस्पतालमा सराह थिस्टलेटवेटबाट जन्मिएका जुम्ल्याहा बालिर्का हातेमालो गरेको अवस्थामा जन्मिएका हुन् ।

‘मोनोएम्निओटिक’ भनिने यस्तो जन्म प्रति १० हजारमा एक हुने जनाइएको छ । जुम्ल्याहाका आमालाई  अस्पतालले हप्तौंदेखि निगरानीमा राख्दै आएको थियो । जन्मनेबित्तिकै श्वासप्रश्वासमा समस्या देखिएकोमा उनीहरुलाई भेन्टिलेटरमा राखिएको थियो ।

 ‘उनीहरू जन्मदैं असल साथी भएका छन्’ बालिकाकी आमा सराहले भनिन्, ‘उनीहरू हातेमालो गरेर जन्मिएको कुरा मत विश्वासै गर्न सकिरहेकी छैन ।’

स्थानीय एक्रोन बेकन अखबारले बालिकाहरू मदर्स डेको अमूल्य उपहार भएको उल्लेख गरेको छ ।