शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

सिक्किममा विपक्षी दल जन्मियो

दैनिक नेपाल २०७१ जेठ ४ गते ५:५६

Sikkimदार्जिलिङ । अघिल्लोपटक विपक्षीरहित रहेको सिक्किम विधानसभामा यसपटक सिक्किम क्रान्तिकारी मोर्चा प्रतिपक्षी पार्टीका रूपमा उदाएको छ । दुई क्षेत्रमा उठेका मोर्चाका अध्यक्ष पीएस गोले एउटामा पराजित भएका छन् भने अर्कोमा विजयी ।

३२ सदस्यीय विधानसभामा मोर्चाले १० सिट हासिल गरेको हो । अघिल्लो चुनावमा त्यहाँको सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले सबै ३२ वटै क्षेत्रमा जितेको हुनाले सिक्किम विधानसभा विपक्षीरहित थियो ।

सत्तारूढ एसडीएफले यसपटक पुनः बहुमत हासिल गरेकाले पुनः मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा सरकार गर्नेछ । उक्त दलले २२ क्षेत्रमा विजय हासिल गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित