२८ आश्विन २०८३, बुधबार

बुद्ध जयन्तिको लागि प्रवचन दिन लन्डनबाट वाशिंगटन डिसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddha-Jayanti-USA
विजय थापा 
भर्जिनिया । डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपाली पशुपति बुद्ध मन्दिरमा २५५८ औं बुद्धजयन्ती भव्यताको साथ मनाईएको छ ।

उक्त अवसरमा अस्वीकृत बिचार -साहित्य आन्दोलनका अभियन्ता तथा बुद्धको जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास महाभिनीस्क्रमणका अस्वीकृत पाईला लेख्ने उपन्यासकार डा. कविताराम श्रेष्ठ वाशिंगटन डिसी आई बुद्ध सम्बन्धि पताका र स्तुपाको बिस्तृत ब्याख्या दिनु भएको छ ।

बुद्ध सम्बन्धि प्रवचन दिन लन्डनबाट अमेरिका आएका श्रेष्ठ २०३१ साल तिरका बुट पालिस आन्दोलनका सशक्त अभियन्ता पनि हुन् । कार्यक्रममा साहित्यकार बसन्त श्रेष्ठले बुद्धको संक्षिप्त जीवनी र उनको चार आर्य सूत्रको बारेमा बिस्तृत रुपमा ब्याख्या गरेका थिए । हरेक बर्ष बुद्ध जयन्तिको अवसरमा बुद्ध जयन्ति मनाउदै आएको पशुपति बुद्ध मन्दिरमा यस बर्ष बुद्धरत्न महर्जन संयोजक र प्रबीन ताम्राकारको सहसंयोजनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा कविता राम श्रेष्ठलाई बनाईएको थियो ।

उक्त कार्यक्रममा डिसी महानगर क्षेत्र वरीपरिका जन समुदायको उपस्थिति रहेको थियो । समारोहमा श्रद्धालु भक्तजनहरुबाट भजन किर्तन गरिनुको साथै र प्रसाद वितरण समेत गरिएको थियो | आयोजक नेपाल परम्परागत बौद्ध धर्म संघले प्रत्येक हप्ता बुद्ध सम्बन्धी ध्यान र प्रबचन समेत गर्ने गरेको छ ।