– गणेश पाण्डे
हरेक वर्ष जेठ ३ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासद घटनाको सम्झना हुन्छ । एमाले नेता मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको दिनको सम्झनाले सबैलाई एकपटक झस्काउँछ ।
दासढुंगाकाण्डको २० वर्षपछि फेरि आएको छ , जेठ ३ गते । विगतका वर्षमा झैं यो वर्षपनि मदन आश्रितको तस्विरमा माल्यापर्ण गरियो । दासढुंगा काण्डको छानविन हुनुपर्ने कुरा यो वर्ष पनि उठ्यो । सम्झनामा दुई थुंगा फूल चढाउनु त औपचारिकता मात्रै हुँदै हो, छानविनको प्रसंग पनि केवल औपचारिकता पूरा गर्नका लागि मात्र उठाइयो । दासढुंगा काण्ड दुर्घटना हो कि षड्यन्त्र ? को हो मदन भण्डारी र जिवराज आश्रितको हत्यारा ? प्रश्न २० वर्षदेखि अनुत्तरित छ । उत्तर खोज्ने हरेक प्रयास असफल हुदै आएका छन् । के यो उत्तर विनाको प्रश्न हो ?












प्रतिक्रिया