२८ आश्विन २०८३, बुधबार

मदन भण्डारी विनाको एमाले र जबज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shanker-pokhrel

– शंकर पोखरेल

मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका सन्दर्भमा मदन भण्डारीको अगुवाइमा जवजको विकास भएको हो । मदन भण्डारीको निधनपछि पनि जवजको प्रयोग र विकासका दुई दशक बितेका छन् । जनताको वहुदलीय जनवादको कार्यक्रम नेपालको कम्यूनिष्ट आन्दोलनका सन्दर्भमा मात्रै होइन, विश्व कम्यूनिष्ट आन्दोलन कै सन्दर्भमा नौलो कार्यक्रम थियो । त्यो कम्यूनिष्ट आन्दोलनकै लोकतान्त्रिकरणको नविन मान्यता थियो ।

तर, उक्त कार्यक्रम पारित गरिरहँदा परम्परागत जडताबाट सिंगो पार्टीलाई बाहिर निकाल्नु र आफूले अघि सारेको मान्यतालाई कम्यूनिष्ट आन्दोलन भित्रकै एउटा स्विकार्य मतका रुपमा स्थापित गर्नु जरुरी थियो । महाधिवेशनबाट उक्त मान्यता कार्यक्रमका रुपमा स्थापित भए पनि वाहिरको वहस र छलफलमा त्यसले स्वीकृति पाउन समय लाग्नु स्वभाविकै हुन्थ्यो । पार्टी भित्र र बाहिर समेत उक्त मान्यताले तरंग पैदा गरिरहेकै समयमा उहाँको रहस्यमय हत्या भयो ।परिणामस्वरुप उहाँको नेतृत्वमा जवजको सिर्जनात्मक प्रयोग र विकास हुन पाएन ।