२८ आश्विन २०८३, बुधबार

ओलीलाई झण्डै साठी लाख उपचार खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-272x232काठमाडौं । सरकारले एमाले संसदीय दलका नेता केपी ओलीको उपचारका लागि ६० लाख रुपियाँ निकासा गरेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार ओलीको उपचारका लागि ५९ लाख ९६ हजार रुपियाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निकासा दिइएको हो ।

ओली हाल थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा क्रिप्टोकोकल म्यानेन्जाइटिसको उपचार गराइरहेका छन् । गत १९ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले ओलीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा रकम निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

भारतमा डेढ महिना लामो उचापर गरी फर्केको १२ दिनमै स्वास्थ्यमा पुनः समस्या देखापरेपछि ओली गत १४ बैशाखमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । अस्पतालले त्यति बेलै क्रिप्टोकोकल म्यानेन्जाइटिसको संक्रमण भएको भन्दै औषधि लगाउन शुरु गरिएको थियो । तर १७ वैशाखमा थप उपचारका लागि भन्दै ओलीलाई थाइल्यान्ड लगिएको थियो । नयाँ पत्रिका दैनिकबाट