भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ ।
अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टीको बहुमत आउने देखिएको छ । भाजपालाई बहुमतको सरकार बनाउन बाटो खुल्ला हुने संकेत देखिएको छ ।
भाजपाका अध्यक्ष राजनाथ सिंहले यो लहरको जस नरेन्द्र मोदीलाई दिएका छन् । आफ्नो जितपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै सिंहले उत्तेजक शब्दमा नाराबाजी नगर्न कार्यकर्तालाई अपिल गरेका छन् ।
दिल्लीको ७ सिटमा विजेपीले कब्जा जमाएको छ ।
५४३ सिट मध्ये भाजपा नेतृत्वको एनडीएको ३२९ भन्दा बढी सिट देखिएको छ । जबकि काँग्रेस नेतृत्वको यूपीए गठबन्धन ६७ सिटले मात्र अघि छ । जसमा काँग्रेस एक्लै ४८ सिटमा अघि छ । यहि अवस्था रह्यो भने काँग्रेस दोस्रो दलसम्म नहुने अवस्था देखिएको छ ।












प्रतिक्रिया