काठमाडौं । काठमाडौंको कालिमाटीदेखि टेकु सडकमा मेनरोडसँगै जोडिएर बनाइएको चार सटर भएको घरको भाडा मासिक दुई सय ५० रुपियाँ । यो कुनै विज्ञापन होइन ।
काठमाडौंमा चर्को कोठा भाडा तिर्नुपर्ने डेरावालालाई त पत्यार पनि नलाग्ला १ तर, काठमाडौं महानगरपालिकाले मासिक दुई सय ५० रुपियाँ भाडा तोकेर व्यस्त व्यापारिक भवन भाडामा दिएको खुल्न आएको छ ।
महानगरपालिकाका केही भ्रष्ट कर्मचारी, मेयर केशव स्थापित र तत्कालीन वडा नं. १२ का अध्यक्ष निरञ्जनकुमार श्रेष्ठ उक्त घर मासिक दुई सय ५० मा १५ वर्षको लागि भाडामा दिएको खुलासा हुन आएको छ । २०५६ सालमा तत्कालीन वडा अध्यक्षले सो घर भाडामा लगाएको महानगरपालिकाले जनाएको छ । २०५६ सालमा वडा अध्यक्ष र घर ठेक्का लिने ठेकेदार भुवनेश्वर दास प्रधानवीच भएको सम्झौताबमोजिम ठेकेदारले मासिक दुईसय ५० रुपैयाँ मात्र भाडा बुझाउनुपर्ने व्यवस्था छ ।
तर, उक्त घरका ठेकेदारले चारवटा सटरबाट न्यूनतम मासिक ५० हजार रुपैयाँभन्दा बढी उठाउँदै आएका छन् । उक्त घरबाट उठेको भाडा महानगरका उच्च अधिकारीको गोजीमा समेत पुग्ने गरेको छ । आर्थिक दैनिकबाट













प्रतिक्रिया