२८ आश्विन २०८३, बुधबार

‘मेडिकल कलेज र फार्मेसीहरु दर्तौ नभइ चलेका छन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khagraj Adhikariकाठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले केही मेडिकल कलेज र फार्मेसीहरु दर्ता समेत नगरी चलाएकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनले सरकारी नियम र माफदण्ड विपरित सञ्चालनमा रहेका मेडिकल कलेज र फार्मेसीको अनुगमन गरेर कारवाही गर्ने बताए । काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा अधिकारीले अनुगमनको प्रक्रिया सुरु भईसकेको जानकारी दिए । ‘सक्रमणकालको फाईदा उठाईरहेका मेडिकल माफीयाहरुलाई कुनै पनि हालतमा छाड्दैनौ,’ उनले भने ।

सरकारी अस्पतालहरुलाई चुस्त दुरुस्त बनाउनु पर्ने बताएका उनले स्वास्थ्य नीतिमै परिवर्तन गर्न लागेको बताए । उनले भने, ‘सरकारी अस्पतालाई मानवस्रोत र आधुनिक उपकरण सम्पन्न अस्पताल बनाउनु पर्छ । अनिमात्रै स्वास्थ्य क्षेत्रमा सुधार हुन सक्छ ।’

फोहोर पानीको कारण विराटनगर क्षेत्रमा हेपाटाइटिस ‘इ’को महामारी फैलिएको मन्त्री अधिकारीले बताए । उनले अघिल्लो वर्ष रोग फैलिएकै बेला उमालेर मात्रै पानी खाने विषयमा चेतना फैलाउन नसक्दा अहिलेको समस्या आएको उनको भनाई छ । उनले विराटनगरको हेपाटाइटिसको समस्या केही दिनमै नियन्त्रणमा आउने दावी समेत गरे ।