२८ आश्विन २०८३, बुधबार

पूर्व राजा वीरेन्द्रको नाममा २७ हजार रोपनी जग्गा भेटियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birendra Shahaकाठमाडौं । नेपाल ट्रष्टले त्तकालीन राजा बीरेन्द्र र उनको परिवारको नाममा रहेको झण्डै २७ हजार रोपनी जग्गा फेला परेको छ। मुलुकमा गणतन्त्र स्थापनासँगै तत्कालीन राज वीरेन्द्र र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गर्ने अभियान अन्तर्गत पछिल्लो वर्ष मात्र यति ठूलो परिणामको जग्गा फेला परेको हो।

नेपाल ट्रष्टको कार्यालयले गत माघ १४ गते प्रमाणित गरी माघ २८ गतेभित्र प्राप्त गरेको लालपुर्जा अनुसार धादिङको छत्रेदेउराली –८ ९ञ० को कित्ता नम्बर एक मा १५ हजार एक सय एक रोपनी एघार आना दुईपैसा दुई दाम क्षेत्रफलको जग्गा फेला परेको छ ।

त्यस्तै, नुवाकोटको थानसिङ्ग–१को ७४७८२० कित्ता नम्बरबाट एक सय ७२ रोपनी दुई आना एक दाम, काठमाडौंको नार्गजुन क्षेत्रबाट ११ हजार तीन सय २५ रोपनी र सिन्धुपाल्चोकको थाङपालधाप –४को कित्ता नम्बर ३४४ मा २६ रोपनी १२ आना दुई पैसा दुई दाम र ३४५मा एक रोपनी दुई पैसा तीन दाम क्षेत्रफलको जग्गा फेलापरेको ट्रष्टकी उपसचिव ज्वाला श्रेष्ठले जानकारी दिइन् । सिन्धुपाल्चोकको थाङपालधापका दुबै कित्तको जग्गा आवादी भएको कार्यालयले जनाएके छ ।

नुवाकोटको थानसिङमा फेलापरेको जग्गा त्तकालीन राजा बीरेन्द्रको नामको रहेको ट्रष्टको सञ्चालक समितिले निर्णय सहित मन्त्रीपरिषद्मा पठाइसकेको छ । तर, अन्य जग्गाका विषयमा ट्रष्ट सञ्चालक समिति निर्णय प्रक्रियामा रहेको श्रेष्ठले जानकारी दिइनन्।

तत्कालीन राजपरिवारको सम्पत्ति खोजविनका लागि कार्यालयले नुवाकोट, धादिङ, भक्तपुर र काभ्रे जिल्लामा पछिल्लो वर्ष नेपाल ट्रष्टले ‘सघन सम्पत्ति खोजबिन’ कार्यक्रम सञ्चालन गरेको थियो। ‘कार्यालयको टोली नै जिल्ला मालपोत कार्यालय पुगेर सम्पत्ति खोजविनमा लागेका छौं,’ उनले भनिन् ।

यसअघि ट्रस्टले तत्कालीन राजाको नाममा रहेको ६ हजार २ सय ४४ रोपनी राष्ट्रियकरण गरिसकेको छ। नागरिक दैनिकबाट