२८ आश्विन २०८३, बुधबार

प्रेमिकालाई आमाको गहना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh & Girl Friedsकाठमाडौं । अभिनेता राजेश हमालको लामो कपाल जति सदाबहार छ, उनलाई पछ्याउने एउटा प्रश्न उत्तिकै सदाबहार मानिन्छ, त्यो हो बिहेको प्रश्न। यसपालि बिहेको सिजन सुरु हुनेबित्तिकै मिडियाहरूमा राजेशको बिहेबारे विभिन्न अड्कलबाजीको खेतीपाती मौलाइसकेको थियो।

सायद यिनै अड्कलबाजीले उब्जाएको भ्रम चिर्न होला, बुधबार राजेश मिडियामाझ प्रस्तुत भए, एक्लै होइन आफ्नो हुनेवाला दुलही मधु भट्टराईसहित।

राजेशका सहयोगीहरूको निम्तोमा मिडियाकर्मी बुधबार साँझ ७ बजे लाजिम्पाटको शंकर होटल पुगेका थिए। करिब ४० मिडियाकर्मीलाई होटलको बगैंचामा लगभग आधा घन्टा प्रतीक्षा गराइयो। ठिक साढे ७ बजे राजेशका सहयोगीले सबैलाई होटलको ढोकाबाट पहिलो तल्लासम्म डोर्‍याए।

पहिलो तल्लाको पश्चिमपट्टिको सानो हलमा मिडियाकर्मीहरू प्रवेश गर्दा राजेश र मधु एकमात्र टेबलमा आमनेसामने भएर गफ गर्दैथिए। कालो सुट र कलेजी सर्टमा ठाँटिएका राजेशले नीलो साडीमा सजिएकी मधुसँग कस्तो बात मार्दै थिए, कसैले सुनेनन्। वार्तालाप निकै मधुर आवाजमा चल्दै थियो।

राजेश र मधु मिडियाकर्मीको आँखा र क्यामेराले घेरिन पाँच सेकेन्ड पनि लागेन। टेबलको छेउमा राजेशले आफ्ना स्वर्गीय बुबाआमाको फोटो राखेका थिए। क्यामेराका फ्ल्यास चम्किन थालेपछि राजेशले मिडियाकर्मी र मधुतिर आलोपालो हेर्दै भने, ‘आज म उहाँलाई बिहेको प्रस्ताव राख्दछु, मैले दिने उपहार लगाएपछि उहाँले स्विकारेको ठान्नेछु।’

राजेशले एउटा बट्टाबाट आफ्नी आमाले प्रयोग गरेको नेक्लेस, ब्रास्लेट र औंठी निकाल्दै मधुलाई पहिर्‍याइदिए। त्यसअघि राजेशले मोबाइलमा सोही गहना पहिरेकी आफ्नी आमाको फोटो मिडियाकर्मीलाई देखाएका थिए। राजेशले गहना लगाइरहँदा मधु हँसिलो मुद्रामा प्रसन्न देखिन्थिन्।

आमाको चिनो सुम्पेपछि राजेशले मधुलाई हात समातेर आफूतिर ताने। त्यतिबेला गायक राजेशपायल राई एक भ्वाइलिनवादकका साथ त्यहीँ उपस्थित थिए। राजेश र मधु हल्का नाच्न थालेपछि राईले प्रत्यक्ष गीत गाए,

न कुनै बन्धन, न कुनै परिधि
न कुनै कसम, न कुनै अवधि
माया गर्छु तिमीलाई जुनीजुनी।

राजेश हमालले नै खेलेको २०६४ सालको फिल्म ‘द युगदेखि युगसम्मुको गीत थियो त्यो। हमालकै रोजाइ र रुचिअनुसार राईले गीत सुनाएका थिए। उनले बीचबीचमा रोक्दै त्यही गीत गाइरहे।

गायन र नृत्य सकेपछि राजेश र मधुको एकछिन फोटोसेसन चल्यो। त्यसपछि दुवैजना पहिलेकै जसरी टेबलमा फर्के। कार्यक्रमअघि नै मधुलाई प्रश्न नसोध्न अनुरोध गरिएको थियो। त्यसैले मिडियाकर्मीले मधुको मुस्कान देख्न पाए, आवाज सुन्न पाएनन्।

राजेश र मधुको चिनजान २०६१ सालअघि नै भएको रहेछ। राजेशले भने, ‘हाम्रो भेट एउटा कार्यक्रममा भएको थियो, मैले उहाँलाई भिजिटिङ कार्ड दिएँ, उहाँले फोन गर्नुभयो।’ त्यसपछि नियमित फोनवार्तापछि दुईबीच आत्मीयता बढ्दै गएको संकेत राजेशको थियो। तर, कसले पहिले प्रस्ताव राखेको भन्ने प्रश्नमा चाहिँ राजेश खुलेनन्।

उनले बिहेको मिति पनि गोप्य राख्न चाहे। ‘दिदी अमेरिकाबाट आउँदै हुनुहुन्छ, सल्लाह गरेर बिहेको मिति टुंगो लगाउँछौं,’ उनले भने, ‘बिहे भोज चाहिँ जेठ १४ मा हुने पक्का हो।’

अत्यन्त नजिकका मित्र र आफन्तको उपस्थितिमा तामझाम नगरी हिन्दु परम्पराअनुसार बिहे गर्ने योजना उनको छ। जेठ १६ मा उनी गायक राजेशपायल र गायिका अञ्जु पन्तसँग अस्ट्रेलियामा एउटा कार्यक्रममा सहभागी हुन जाँदैछन्। ‘म त्यहाँ १५ दिन बस्नेछु, त्यतिन्जेल हनिमुन स्थगित हुनेछ, नेपाल फर्केपछि मात्र हनिमुनबारे सोच्नेछु,’ उनले भने।

‘बिहे गर्न ढिलो भएन ररुु भन्ने मिडियाको प्रश्न राजेशले मधुतिर हस्तान्तरण गरे। मधुले मुख नखोल्ने समझदारी थियो सायद। त्यसैले उनी हाँसिन् मात्रै।

मिडियाकर्मीले प्रश्नलाई निरन्तरता दिए, ‘तपाईंहरूको प्रेमलाई एज ग्यापले छेकेन हैरुु राजेश एकदम औपचारिक थिए। तर, ठट्टा गर्न कसले छेक्थ्यो। ५० वर्ष पुगेका उनले उल्टै सोधे, ‘राजेश हमाल पनि कहीँ बूढो हुन्छ र ?’

हलमा हाँसो गुन्जियो। मिडियाकर्मीलाई धन्यवाद भन्दै राजेश र मधु हलबाट निस्किँदै थिए। ‘आजको कार्यक्रम चाहिँ खास के होरुु नागरिकको प्रश्नमा राजेशले हतारहतार ठट्टा गरे, ‘यो त रातभरि रामायण पढ्यो, सीता कसकी जोई भनेजस्तो भएन र ?’ नागरिक दैनिकबाट