२८ आश्विन २०८३, बुधबार

बन्द चिनी–मिलमा रामदेवको चासो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramdev Babaकाठमाडौं । भारतीय योगगुरु रामदेव संरक्षक रहेको पतञ्जली योगपीठले एक दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना चलाउन सरकारसमक्ष औपचारिक प्रस्ताव गरेको छ।

करिब दस वर्षअघि खारेजीमा लैजाने निर्णय भएको उक्त चिनी कारखाना (मिल) सार्वजनिक–निजी साझेदारी अवधारणामा चलाउन योगपीठको नेपाल इकाइ पतञ्जली योगपीठ ट्रस्टले एक महिनाअघि प्रस्ताव ल्याएको उद्योगमन्त्री कर्णबहादुर थापाले जानकारी दिएका हुन्।

‘योगगुरु रामदेवको संस्थाले चिनी कारखाना चलाउन औपचारिक प्रस्ताव गरेको छ। हामीले उहाँहरूको प्रस्ताव सकारात्मक रूपमा लिएका छौं,’ उद्योगमन्त्री थापाले मंगलबार नागरिकसँग भने, ‘उहाँहरूको प्रवेशले चिनी कारखानालाई मात्र होइन, मुलुकलाई नै धेरै फाइदा हुनेछ।’

करिब एक वर्षअघि संस्थान निर्देशन बोर्डले बन्द चिनी मिल चलाउन सकिने अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। चिनी कारखाना सञ्चालन प्रस्ताव विश्वासिलो र नेपालका लागि आकर्षक रहेको मन्त्री थापाले दाबी गरे।

‘कारखाना सञ्चालन गर्न प्रस्ताव गर्ने संस्थाप्रति धेरैको विश्वास छ। त्यसैले सकारात्मक रूपमा लिएर प्रस्ताव अघि बढाएका हौं,’ उनले भने, ‘यसलाई जतिसक्दो चाँडो टुंग्याउनेतर्फ अघि बढ्नेछौं।’

प्रस्तावमा एक वर्षअघि नै किसानलाई उखुको अग्रीम भुक्तानी दिइने उल्लेख छ।

अहिले किसानले उखु बिक्री गरेको महिनौंसम्म भुक्तानी नपाउने समस्या छ। कारखानामा रहेका १ सय ९४ कर्मचारीलाई तलबभत्ता दिएर बिदाइ गर्ने दायित्वसमेत संस्थाले बेहोर्ने प्रस्तावमा उल्लेख छ। नागरिक दैनिकबाट