२८ आश्विन २०८३, बुधबार

प्रसुतिले शिशुको उपचार गर्न मानेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kantibal Haspitalकाठमाडौं । प्रहरीले दुई महिनाअघि विजेश्वरीस्थित बज्र होटेलनजिक बेवारिसे शिशु फेला पार्‍यो । कपडाले बेरेर सबैले देख्ने गरी राखिएको करिब दुई साताका ती शिशुलाई तत्काल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याइयो । तर अस्पतालले शिशुको उपचार गर्न मानेन् ।

निकै प्रयास गर्दा पनि अस्पतालले शिशुको उपचार गर्न नमानेपछि प्रहरी हार खाँदै क्रान्ति बाल अस्पताल पुग्यो । उक्त अस्पताल पनि विभिन्न बाहना बनाएर पन्छिन खोज्यो । प्रहरीले जबरजस्ती गर्न थालेपछि मात्रै अस्पतालले शिशुलाई भर्ना गर्‍यो । तर, ती शिशुलाई उपचार आवश्यक हुँदा हुँदै पनि १० दिन नबित्दै नक्सालस्थित नेपाल बाल संगठनको जिम्मा लगाइयो ।

महानगरी प्रहरी वृत्त स्वयम्भुका नायव उपरीक्षक दयानिधि ज्ञवालीले भने, ‘अस्पतालले भर्ना गर्न नमान्दा शिशुको ज्यान बचाउन ठूलो संघर्ष गर्नुपर्‍यो, बच्चा बचाउन प्रसूति र कान्ति बाल अस्पतालले सहयोग गरेनन् ।’

प्रहरीले तीन महिनाअघि प्रसूतिगृहपछाडि सुकुमबासी टोलमा पनि बेवारिसे शिशु फेला पार्‍यो । सिकिस्त अवस्थामा फेला परेको करिब चार दिनको शिशुलाई बचाउन प्रहरीले सोही अस्पतालमा पुर्‍यायो । तर अस्पतालले उपचार गर्न मानेन । प्रहरीले जबरजस्ती गरेपछि आगामी दिनमा अर्को बच्चा नलिने भन्दै अस्पतालले शिशुलाई भर्ना गर्‍यो ।

यसरी दिनप्रतिदिन भेटिएका शिशुको उपचार गर्न अस्पतालले नमानेपछि अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई थुनिदिने चेतावनी दिएपछि मात्र उनीहरुले शिशुलाई उपचारका लागि भर्ना गरेको प्रहरीले जनाएको छ । राजधानीका स्वयम्भू, नयाँबसपार्क, प्रसूति, शिक्षण र कान्ति अस्पतालवरिपरि सबैभन्दा बढी बेवारिसे शिशु फोल पर्ने गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट