२९ आश्विन २०८३, बिहिबार

सञ्जय साह सभासदबाट निलम्बित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya-Saha-Takla

काठमाडौं । जनकपुर बमकाण्डका मुख्य योजनाकार भनिएका सदभावना पार्टीका सभासद सञ्जय साह निलम्बनमा परेका छन् ।

जिल्ला कारागार सिराहामा ल्याई थुनामा राखिए पछि उनलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले मंगलबार सभासदबाट निलम्बन गरेका हुन् । जिल्ला अदालतल धनुषाले थुनामा राख्ने आदेश दिएपछि त्यसको जानकारी आइतबार संविधानसभा सचिवालयमा आएको थियो । जानकारी आएपछि आजै बसेको संविधानसभा बैठकमा संविधानसभा नियमावली २०७० को नियम १ सय ६३ को उपनियम ४ बमोजिम उनलाई निलम्बन गरिएका जानकारी सभाध्यक्ष नेम्वाङले दिए ।

सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका साह धनुषा क्षेत्र ४ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०६९ वैशाख १८ गते जनकपुरको रामनन्दचोकमा मिथिला राज्य माग गर्दै आयोजित शान्तिपूर्ण धर्नामा बम विष्फोटन हुँदा पाँचजनाको घटनास्थल मै मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

बमकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले मुकेश चौधरी, रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण रिपेन्द्र झा र मुकेशकुमार कर्णलाई पनि पक्राउ गरी अदालतमा मुद्दा चलाएको छ ।

यसैबीच, संविधानसभामा दुई अलग अलग प्रतिवेदन पेश भएका छन् । संविधानसभाको अर्को बैठक जेठ एक गते बस्ने गरी स्थगित भएको छ ।