२९ आश्विन २०८३, बिहिबार

घोरलको मासुसहित चिनियाँ हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

रसुवा । वन्यजन्तु घोरलको मासुसहित पक्राउ परेका एक चिनियाँलाई जिल्ला वन कार्यालय रसुवाले थुनामा राखी अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला वन कार्यालयका अनुसार थुमन गाविसस्थित दाहालफेदी सामुदायिक वनबाट वैशाख २५ गते घोरल मारी छाला निकालेको अवस्थामा मासुसहित अभियुक्त याङ त चलाई नियन्त्रणमा लिएर थुनामा राखी थप अनुसन्धान सुरु गरिएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना नारायणदल गणको टिमुरे चौकीले घटनास्थलबाटै उनलाई पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको बताइएको छ । घटना पुष्टि भएमा १० हजार जरिवाना अधिकतमसम्म दुई वर्ष कैद वा दुवै सजाय हुन सक्ने जिल्ला वन कार्यालयले जनाएको छ ।