काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ दैनिक दुई घन्टाले घटाएको छ ।
बुधबारलदेखि लागू हुने गरी प्राधिकरणले हालको विद्युत् भार कटौती दुई घन्टाले घटाएको हो । नदीहरुको जलस्तरमा सुधार आएको, सूर्यास्तको समय परिवर्तन भएको तथा कुलेखानी जलाशयको पानी सञ्चितिलाई अधिकतम् सदुपयोग गर्दै थप दुई घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको प्राधिकरणको प्रसारण महाशाखाले जनाएको छ ।
सम्भव भएसम्म विद्युत् खपत कम गर्न र अधिक विद्युत् खपत गर्ने चिम तथा उपकरण प्रयोग नगर्न पनि प्राधिकरणले विद्युत् उपभोक्तासँग अनुरोध गरेको छ ।
















प्रतिक्रिया