२८ आश्विन २०८३, बुधबार

१४ बर्षपछि सरोज खनाललाई फिल्ममा हेर्न पाउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nai-navannula-2-USA
विजय थापा
अमेरिकाको डिसी महानगरको भर्जिनियामा नेपाली चलचित्र नाई नभन्नु ल-२ भब्य प्रदर्शन गरिएको छ ।

यस चलचित्रमा अभिनेता सरोज खनालले झन्डै १४ बर्ष पछि अमेरिकाबाट नेपाल गई चलचित्र खेलेका छन्द। दर्शकहरु बीचमा आफ्नो चलचित्र आफैले हेर्न पाएकोमा उने खुशी लागेको बताए । निक्कै लामो समय पछि खनालले अभिनय गरेको चलचित्र चलचित्र हेर्न दर्शक तथा चलचित्रप्रेमीहरु वाशिंगटन डिसी,भर्जिनिया,बाल्टिमोर, म्यारिल्याण्ड, पेन्सिल्भानिया आदिबाट आएका थिए ।

बाल मनोबैज्ञानिक र सत्य कथाको आधारमा निर्माण गरिएको नाई नभन्नु ल-२ नेपाली चलचित्रमा बाल गीत पहिला देखि नै युटुबबाट हेरी रहेको र त्यहि हेर्न पनि आएको बिभिन्न दर्शकहरुले बताए । बिभिन्न दर्शकहरुले नेपाली चलचित्रले ठुलो फड्को हानेको बताउँदै नेपाली चलचित्र राम्रो हुन् थालेकोमा खुशी लागेको बताए ।

टिकट डर १५ डलर राखिएको थियो भने दर्शकहरुको संख्या चार सय भन्दा ज्यादा टिकट बिक्रि भएको जानकारी अभिनेता खनालले दिए । अमेरिकनहरुको मदर्स डे परेकाले अझ धेरै दर्शकहरु नआएको बताउँदै उनले अब अन्य राज्यहरुमा पनि प्रदर्शन हुने जानकारी दिए । चलचित्र सुरु गर्नु अगाडी खनालले संचारमाध्यम तथा सबै सहयोगीहरुलाई धन्यबाद दिएका थिए ।

Nai-navannula-2-USA1