२८ आश्विन २०८३, बुधबार

कैदी नम्बर २२१ अर्थात संजय साह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya-Saha-Taklaसिरहा । जनकपुर बम काण्डका मूख्य योजनाकार सञ्जय साह सोमवार सिरहा कारागारका कैदी नम्बर २२१ बनेका छन्। जलेश्वर कारागारबाट फर्काइएका साह अदालतको निर्णय अनुसार सिरहा कारगार आईपुगेका हुन।

जलेश्वर कारागारले साहलाई थुन्न सुरक्षा जोखिम र ठाउँ अभाव देखाएको जस्तै जोखिम र अभाव सिरहा प्रसाशनले देखाएको छ। सोमवार नागरिकसँग प्रमूख जिल्ला अधिकारी अनिल कुमार ठाकुरले भने,’ साहको ससुराली समेत सिरहा भएकोले उनलाई यहाँ राख्न जोखिम छ।’

‘तुरुन्तै सुरक्षा समितिको बैठक बोलाउँछु ठाकुरले भने,’उनलाई यहाँ राख्न नसक्ने निर्णय लेखेर कारागार ब्यवस्था विभाग पठाउने तयारीमा छौ।’ एक त यहाँ कैदीबन्दी कोचामकोच छ उनले भने,’ सुरक्षाको दृष्टिले यो अवस्थामा साहलाई यहाँ राख्न निकै जोखिम छ।’

पहिल्यै क्षमताभन्दा बढी कैदीबन्दी छ कारागारका निमित्त जेलर बविता महतो भन्छिन् ‘कैदी थप्न नमिल्ने भएपनि उनलाई नराखिए अदालतको आदेश अवहेलना भएको ठहर्ने भएकोले राखिएको हो।’ पहिल्यै क्षमता भन्दा करिब दोब्बर कैदी छन उनले भनिन् ,’सुरक्षा सम्बेदनशिलताको दृष्टिले उनलाई यहाँ राख्नु जोखिमपूर्ण नै छ।’

एकसय ५० क्षमताको कारागारमा दुईसय २० जना कैदी कष्टपूर्ण जिवन बिताईरहेको र थप कैदी राख्न निकै अप्ठयारो छ, महतोले भनिन्। सुरक्षासँगै भौतीक हिसावले पनि यो कारागार निकै जोखिमपूर्ण रहेको उनको भनाई छ।

विरगञ्जबाट पक्राउ परेका उनलाई तिन दिनको बहसपछि अदालतले कारागार चलानको आदेश दिएको हो।

मिथिला राज्यको माँग गर्दै जनकपुरको रामानन्दचोकमा गरिएको शान्तिपूर्ण आन्दोलनमा ०६९ वैशाख १८ गत्ते बम विष्फोट हुँदा पाँचजनाको मृत्यूसँगै ३२ जना घाईते भएका थिए। नागरिक दैनिकबाट